पाल्पामा थप १सय ३९ जना संङ्क्रमित थपिए

पाल्पामा थप १सय ३९ जना संङ्क्रमित थपिए

पाल्पा, जेठ १८


पाल्पामा मंगलबार थप १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन । भने थप १ सय ५५ जना निको भएका छन ।
संक्रमित हुनेहरुमा ८२ जना पुरुष र ५७ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
बिभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासंगै पाल्पामा थप १ सय ३९ जना कोरोना सङ्क्रमित भएका हुन । जिल्लामा हाल १ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका छन ।
जिल्लामा कोरोना सङ्ंक्रमणकै कारण मृत्यु हुनेको संख्या ९० पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस