डेनमार्कमा बस्ने पाठकबाट रम्भालाई अक्सिजन कन्सन्ट्रेटर सहयाेग

डेनमार्कमा बस्ने पाठकबाट रम्भालाई अक्सिजन कन्सन्ट्रेटर सहयाेग

पाल्पा, जेठ १५
रम्भा गाउँपालिकाकाे काेभिड अस्पतालका लागि नेेेपाली संंगम युएसएलेे अक्सिजन कन्सन्ट्रेटर सहयाेग गरेको छ ।
रम्भा -१, हुगि स्थायी घर भइ वर्तमानमा डेनमार्कमा बस्दै आएका रामचन्द्र पाठककाे सहयोगमा अक्सिजन कन्सन्ट्रेटर आएकाे हाे । अक्सिजनकाे अभावमा ज्यान गुमाउने अवस्था सिर्जना नहाेस् भनेर सानाे सहयोग गरेको पाठकले बताए । रम्भा गाउँपालिका स्वास्थ शाखा प्रमुख शिव अर्यालले महामारीको समयमा वैदेशिक राेजगारिकाे दुःख विर्सेर सहयोग गरेकोमा रम्भा गाउँपालिकाको तर्फबाट हार्दिक आभार ,कृतज्ञता र धन्यवाद प्रकट गर्दछौं ।
इक्युप्मेनटको प्रभावकारी उपयोग गरि कोभिड सङक्रमित बिरामीको जीवन वचाउने कार्यमा चिकित्सक तथा स्वास्थ्य कर्मिहरु लागि पर्ने रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताए । अक्सिजन कन्सन्ट्रेटर कोभिड अस्पताल रम्भा-५ , ताहूमा प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएको छ। पाठक सेरोफेरोन्यूजका सल्लाहकार सम्पादक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस