माथागढी गाउँपालिका अध्यक्षकाे गाडी एम्बुलेन्सकाे रूपमा प्रयाेग

माथागढी गाउँपालिका अध्यक्षकाे गाडी एम्बुलेन्सकाे रूपमा प्रयाेग

काेराेना सङक्रमितहरू बढेपछि माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापा चढ्ने गाडीलाई एम्बुलेन्स बनाइकाे छ । ग १ झ ३५६ नम्बरको गाडीलाई कोरोना संक्रमित र अन्य बिरामी बोक्न एम्बुलेन्सकाे रूपमा प्रयाेग गर्न थालिएकाे हाे ।

अध्यक्ष सन्तोषकुमार थापा भन्छन्, ‘संक्रमितको संख्या बढ्दै गयो, कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाने अवस्था आएकाले गाडी प्रयोग गर्न लागेको हो ।’ दुर्गमका वडा रहेकाले एम्बुलेन्स सेवा पर्याप्त नहुँदा जनताले दु:ख पाएकाले गाडीलाई एम्ुबुलेन्सका रुपमा प्रयोग गरेको उनले बताए । ‘अहिलेको प्राथमिकता संक्रमित र बिरामीको सेवा गर्नु हो,’ उनले भने, ‘बिरामीले एम्बुलेन्स नपाएर मर्नुपर्ने अवस्था आउन हुँदैन भनेर नै मैले आफूले चढ्ने गाडी बिरामी बोक्न प्रयोगमा ल्याएको हो ।’ गाउँपालिकाका बासिन्दाले छिटोछरितो रूपमा सेवा लिन सक्नेछन् । गाउँपालिकामा थप दुई एम्बुलेन्स पनि छ । एम्बुलेन्स र आफ्नो गाडीको नम्बरसमेत अत्याश्यक सेवाका लागि सार्वजनिक गरेका छन् ।

दुई एम्बुलेन्स र अध्यक्ष चढ्ने गाडी २४ सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिएको छ । गाउँपालिकामा १ सय १० जना संक्रिय संक्रमित रहेका छन् । माथागढी कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस