पाल्पामा थप ९८ जनामा कोरोना संङ्क्रमण, थप दुईको मृत्यु

पाल्पामा थप ९८ जनामा कोरोना संङ्क्रमण, थप दुईको मृत्यु

पाल्पा, बैशाख २४


पाल्पामा शुक्रबार थप ९८ जनामा कोरोना सङ्ंक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लामा कोरोना सङ्ंक्रमणकै कारण थप दुई जनाको मृत्यु भएको छ । तानसेन ७ का ५२ बर्षिय पुरुष र तानसेन ३ का ५६ बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
पिसिआर र एन्टिजेन परीक्षणमा ९८ जना सङ्ंक्रमण थपिएका हुन । यो संगै जिल्लामा सक्रिय संङ्क्रमितको संख्या ८ सय ३४ पुगेको छ । हाल सम्म पाल्पामा कुल संक्रमितको संख्या २ हजार ९ सय ९४ पुगेको छ । संक्रमित मध्ये २ हजार १ सय ४३ जना निको भएका छन् भने ४६ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस