अमेरिका पुगिन् अंशिका

अमेरिका पुगिन् अंशिका

काठमाडौं : मिस युनिभर्स नेपाल, २०२० की विजेता अंशिका शर्मा मिस युनिभर्सको ६९औँ संस्करणमा सहभागी हुन् संयुक्त राज्य अमेरिका पुगेकी छन्। आउँदो मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटेल एन्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन् अंशिकासँगै मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छन्।

विश्वका ७४ देशका सुन्दरीमार्फत छानिने २१ ले पहिलो बन्नको लागि मिस युनिभर्समा प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट क्रमशः १०,५ हुँदै विजेता घोषणा हुनेछ। 

विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा भित्र्याएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन्। यस्तै उनले यसपटक आफ्नो तयारी पत्रकार सम्मेलनमार्फत कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा गर्न नसकेको बताइन्। उनले अंशिकाको सहभागितासम्बन्धी बढी जानकारी सामाजिक सञ्जालबाट गराउने पनि बताइन्। अंशिका पनि देशलाई प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छिन्। उनले आफूसँगै आफ्नो टिमले सक्दो तयारी गरेको बताइन्। अंशिकाले प्रतियोगिताको पूर्वतयारीसँगै अद्भुत राष्ट्रिय पोसाकलाई विभिन्न सञ्चारका माध्यममार्फत सार्वजनिक गर्ने बताइन्।

उक्त प्रतियोगितामा सहभागिता जनाइसकेकी नग्माको अनुभवले पनि उनलाई तयारीमा सहयोग गरेको छ। 

प्रतिक्रिया दिनुहोस