निजी गाडीमा संक्रमीत बोक्छन्, पाल्पा उद्याेग वाणिज्य संघका उपाध्यक्ष

निजी गाडीमा संक्रमीत बोक्छन्, पाल्पा उद्याेग वाणिज्य संघका उपाध्यक्ष

पाल्पा, बैशाख २३

कोरोना संक्रमण भएका बिरामीलाई पाल्पा उद्याेग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष यादवसिंह कार्कीले निजी गाडीमा अस्पतालसम्म पु¥याउन थालेका छन् । एम्बुलेन्सको अभाव भएको भन्दै कार्कीले आफ्नै गाडीमा संक्रमित बिरामीलाई सेवा दिँदै अाएका हुन् । उनले फेसबुकमा लेखेका छन्, “कोही पनि कोरोना पोजेटिभ देखिएकाले अस्पतालमा जानका लागि एम्बुलेन्स र गाडी पाउनु भऐन भने म सेवा गर्न तयार छु । उच्च मनोवल बनाउ कोरोना भगाउ, सम्पर्क नं९८५७०६०२२७ र ९८५७०३३७२५ छ” भनेर सम्पर्कका लागी आग्रह गरेका छन ।

कार्की दम्पतिले यसकार्यलाइ निरन्तरता दिँदै अप्ठ्याराेमा परेकाहरूलाइ सेवा दिँदै जाने बताए । सेवा नै धर्म हो भन्ने भावले प्रेरित भएका कार्कीले कोही पनि बिरामी अस्पताल सम्म जान र आउनबाट बन्चित हुन नपरोस् भनेर संक्रमण रोगको प्रवाह नगरी सेवामा लागेको बताए । बुधबार उनले ३ जना संक्रमित बिरामीलाई अस्पतालसम्म पु¥याउने काम गरे । उनको यो कार्यप्रति सबैतिरबाट प्रसंशा गरिएको छ । उनकी श्रीमति फेसबुकमा लेखेकि छिन्…

लामो समय देखि ढाका उद्योग संचालन गर्दै आएका यादव सिंह कार्की अहिले समाजसेवामा तल्लिन भएका छन्। उनि पाल्पाका व्यवसायी र सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस