काेराेना फैलिएपछि रम्भा गाउँपालिकाकाे हुँगी सील

काेराेना फैलिएपछि रम्भा गाउँपालिकाकाे हुँगी सील

पाल्पा, वैशाख २३

रम्भा गाउँपालिकाकाे वडा नं. १ हुँगी एक हप्ताका लागि सील गरिएकाे छ । काेराेना सङक्रमण फैलिँदै गएपछि रम्भा गाउँपालिकाकाे वडा नं. १ लाइ वैशाख २९ गते राती १२ बजेसम्म सील गरिएकाे वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ ।

कन्ट्याक्ट ट्रेसिङकाे अाधारमा मंगलबार गरिएकाे १४ काे पिसिअार परीक्षणमा १० जनाकाे काेभिड पाेजेटिभ रिपाेर्ट प्राप्त भएकाे रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए । रम्भा गाउँपालिकाकाे वडा नं. १ हुँगीका विभिन्न क्षेत्रहरूमा काेभिड १९ संक्रमण फैलिएकाे कारण जाेखिमयुक्त क्षेत्र भएकाे महसुस गरी बुधबारदेखी नै लागु हुने गरि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकाे रम्भा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताए । हेर्नुहाेस् वडा कार्यालयबाट जारी सूचना…

प्रतिक्रिया दिनुहोस