पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु

पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु


पाल्पा बैशाख २२
पाल्पामा बुधबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन ३ का ७८ बर्षका पुरुषको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । मृतक पुरुषको बैशाख २० गते एन्टिजेन परिक्षण गरिएको थियो । यो संगै पाल्पामा कोरोनाकै कारण मृत्युु हुनेको संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस