पाल्पामा एकै दिन ७३ जनामा कोरोना संङ्क्रमण पुष्टि

पाल्पामा एकै दिन ७३ जनामा कोरोना संङ्क्रमण पुष्टि


पाल्पा,बैशाख २०


पाल्पामा एकै दिन ७३ जनामा कोरोना संङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना संङ्क्रमणको दोस्रो लहर सुरुभए देखिकै सबै भन्दा बढी संक्रमित भेटिएका हुन ।जिल्लामा ९७ जनामा परिक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरुमा तानसेनका ४८ जना,निस्दी,तिनाउ र रामपुरका २÷२ जना, बगनासकाली र पूर्बखोलाका ५÷५ जना,रैनादेबी छहरा र रम्भाका १÷१ जना,रिब्दीकोटका ४ जना र माथागढीका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यो संगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ८४ पुगेको छ । भने कोरोना संङ्क्रमणकै कारण ४२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस