पाल्पाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

पाल्पाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

पाल्पा, वैशाख २०
पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।आइतबार बेलुकी रम्भा गाउँपालिका–३, पिपलडाँडाका ७८ वर्षीय पुरुष र रामपुर नगरपालिका–१० गेझाका ५७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

मृतक दुवैजना पुरुषकाे मिसन अस्पताल पाल्पामा उपचाररत दुवै पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक रम्भाका ७८ वर्षीय पुरुषमा मुटु सम्बन्धि समस्या रहेको बताईएकाे थियाे ।

७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो भने अर्का पुरुषलाई मिसन अस्पतालले उपचारपछि घरमा पठाएको थियो। पाल्पा जिल्लामा ४ सय ३६ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या योसँगै ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस