बजारको माग अनुसार तरकारी पु¥याउनै सकिएन

बजारको माग अनुसार तरकारी पु¥याउनै सकिएन

सुशीला रेग्मी
रामपुर (पाल्पा), वैशाख १९
तरकारी खेतीबाटै प्रसिद्धी कमाउनुभएका पाल्पा रामपुर नगरपालिका वडा नं ४ बस्ने दिलबहादुर थापा र लालबहादुर थापालाई यतिबेला तरकारी बिक्रि गर्न भ्याईनभ्याई छ । करिव दश रोपनी जग्गामा लगाइएको काक्रा, गोलभेँडा, करेला लगायतका तरकारीको अहिले उत्पादन भइरहेको छ ।
थापा दाजुभाईले बिगत तीन वर्ष अघि वैदेशिक रोजगारबाट गाउँ फर्केर हाम्रो आधुनिक कृषिफार्म दर्ता गरी तरकारी खेती सुरु गर्नुभएको हो । हाल दैनिक एक क्वीण्टल सम्म काक्रा बजारमा खपत भएको छ भने अन्य तरकारी कम्तीमा तीस किलो सम्म बारीबाटै दैनिक बिक्रि भइरहेको छ ।
रामपुर नगरपालिकाका उपप्रमुख सहितको टोलीले युवाले गरेको व्यवसायलाई थप हौसला बढाउन अनुगमन गरेको छ । नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, प्राबिधिक प्रज्वल केसी, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।
फार्म संचालक दिलबहादुर थापाले आफुले गरेको व्यवसायको बारेमा अनुगमन टोलीलाई जानकारी गराउँदै बजारमा तरकारीको माग धेरै भएको तर माग अनुसार पु¥याउन नसकिएको बताउनुभयो ।
“अहिले बाहिरबाट पनि तरकारी आउन कम रहेको अवस्थामा व्यापारी, ग्राहकबाट तरकारीको माग धेरै आएको छ, उत्पादन हामी संग कम हुदा माग अनुसार पु¥याउनै सकिएको छैन, कतिपय त बारीमा हेरेर चित्त बुझाएर मात्र पनि फर्कनुहुन्छ” थापाले भन्नुभयो ।
रामपुरमै नमुनाका रुपमा वैदेशिक रोजगारबाट फर्केर युवाले सुरु गरेको व्यवसाय अत्यन्तै राम्रो रहेको बताउँदै कृषि गर्न चाहने युवालाई नगरपालिकाले अनुदान कार्यक्रम सहयोग गरिरहेको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले कृषि उत्पादनमा युवाहरुले गरेको मेहनतको कदर गर्दै कृषि उत्पादनलाई जोड दिन सकियो भने आर्थिक क्षेत्रमा बलियो हुने बताउनुभएको छ ।
कृषि शाखा प्रमुख रामहरी पाण्डेयले पछिल्लो समय रामपुर नगरपालिका भित्र कृषि व्यवसायमा कृषकको आकर्षण बढेको बताउँदै युवालाई स्वरोजगार, कोभिड बिशेष कार्यक्रम, कृषि यान्त्रिकरण अनुदान लगायतका विभिन्न कार्यक्रम रामपुरमा संचालन भइरहेको बताउनुभएको छ ।
तीन वर्ष अघि पत्थरीलो जग्गालाई सदुपयोग गर्दै वैदेशिक रोजगारबाट गाउँ फर्केका दुई युवाद्धारा तरकारी खेती सुरु गरिएको हो । तरकारी व्यवसाय फस्टाउँदै गएपछि अहिले सयपत्री फूल खेती पनि सुरु गरिएको छ । जग्गा र पानीको अभावमा सोँचे अनुसार व्यवसाय बिस्तार गर्न नसकिएको अर्का संचालक लालबहादुर थापा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस