सबै गाउँ फर्किन थाले पछि तानसेन सुनसान

सबै गाउँ फर्किन थाले पछि तानसेन सुनसान

पाल्पा ,बैशाख १६
कोभिड—१९ ले महामारीको रुप लिन लागेपछि स्थानीय प्रशासनले पाल्पामा यही बैशाख १७ गते राती १२ बजेबाट लागु हुने गरी निशेधाज्ञा जारी गरेपछि सदरमुकाम तानसेनबाट गाँउ फर्किने क्रम बढेको छ । स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेपछि सदरमुकाममा डेरा गरी बसेकाहरु खाद्यान्न,तरकारी जस्ताबस्तुको समस्या टार्न र स्वास्थ्य सुरक्षाको खोजिमा गाँउ फर्किन लागेका हुन ।

तानसेनमा डेरा गरि बस्ने बिद्यार्थी सुरज घिमिरेले क्याम्पस बन्द भयो कहिले खुल्छ थाहा छैन । त्यसैले घरमै सुरक्षित हुनेहुदा घर जान लागेको बताउनुभयो ।
यस क्षेत्रको प्रमुख शैक्षिक केन्द्र बनेको तानसेनमा बिद्यार्थी गाउँ फर्किन थालेपछि सुनसान बन्न थालेको हो । बिद्यार्थी मात्र नभई गाउँबाट समेत समेत सरकारी प्रयोजनको लागी सदरमुकाम आउन छाडेपछि होटल पसल समेत सुनसान भएका छन ।
जिल्लामा हाल २ सय ४८ जनामा कोरोनाका सक्रिय संक्रमित रहेका छन ।यो संख्या दैनिक बढ्दै गहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस