तपाईंको मास्क खोई ?

तपाईंको मास्क खोई ?

पाल्पाको तानसेनमा तपाईको मास्क खोई अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा अभियानकाे सुरू गरिएकाे हाे।

अभियानका क्रममा सडकमा मास्क बिना हिडेका यात्रुलाई मास्क वितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा मास्क खोई अभियान सुरु गरिएको हो । कोरोना महामारीबाट आफु पनि बचौँ र अरुलाई पनि बचाउ भन्ने मुल नाराका साथ तानसेनमा बिहीबार सो अभियान सुरु गरिएको हो ।

मास्क लगाउदा कोरोना संक्रमणबाट जोगिने भएपनि स्थानीय प्रशासनले माक्सलाई अनिवार्य गरेको हो ।

प्रतिक्रिया दिनुहोस