पाल्पामा परीक्षण गरिएका झण्डै ५० प्रतिशतमा काेराेना !

पाल्पामा परीक्षण गरिएका झण्डै ५० प्रतिशतमा काेराेना !

पाल्पामा परीक्षण गरिएका झण्डै ५० प्रतिशतमा काेराेना पुष्टि भएकाे छ । विगत तीन दिनमा प्राप्त नतिजा अनुसार ७ गते गरिएकाे ३९ परीक्षणमा १९ जनामा काेभिड १९ पुष्टि भयाे । यस्तै ८ गते गरिएकाे परीक्षणमा ९० मा ४४ जना र ९ गते गरिएकाे ६१ जनाकाे परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाकाे तथ्याङ्क अनुसार विगत ३ दिनमा ४८.७१, ४८.८८ र ४९.१८ प्रतिशतमा काेराेना देखिएकाे हाे । बिहिबार पाल्पामा ८ महिला र २२ जना पुरुष गरी ३० जनामा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकास पन्थीका अनुसार माथागढीका ७ पुरुष ४ महिला निस्दी पूर्वखाेला र रिब्दीकाेटका १/१ जना पुरुष रैनादेवीका ४ पुरुष बगनासकाली २ पुरुष र तानसेन तथा अस्पतालका महिला ४ र पुरुष ६ गरी कुल २२ जना पुरुष र ८ जना महिलामा काेराेना देखिएकाे हाे ।

पाल्पामा अहिले सम्म काेराेना परीक्षण भएर पुष्टि हुनेकाे संख्या २ हजार १ सय २९ पुगेकाे छ । पाल्पामा तीन दिन यता १ सय बढीमा काेराेना देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस