पाल्पामा एकै दिन ४४ सङक्रमित थपिए, छैन स्वास्थ्य सावधानी

पाल्पामा एकै दिन ४४ सङक्रमित थपिए, छैन स्वास्थ्य सावधानी

पाल्पा, वैशाख ८

पाल्पामा थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । जिल्लाकाे माथागढी गाउँपालिकामा ५ जना, रामपुर नगरपालिकामा २१ जना, रैनादेवी छहरा ४ जना, वगनाशकाली गाउँपालिका १ जना, तिनाउँ गाउँपलिकामा २ जना र तानसेनमा ११ जनामा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार बैशाख ८ गते साँझ ६ बजेसम्म ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे । जिल्लाका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा गरी ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पाल्पामा हालसम्म ३८ जना कोरोना सङ्क्रमितको मृत्यु भैसकेकाे छ । कोरोनाको महामारी सुरू भएदेखि हालसम्म पाल्पामा कोरोना संक्रमित संख्या २०९९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस