माथागढीमा टिप्पर दुर्घटना,चालकको मृत्यु

माथागढीमा टिप्पर दुर्घटना,चालकको मृत्यु

पाल्पा, बैशाख ८
पाल्पाको माथागढी गाउँपालिका ५ सुर्काबासमा टिप्पर दुर्घटनाका हुदा टिप्पर चालकको मृत्यु भएको छ । आज बिहान साढे सात बजे भएको दुर्घटनामा चालक सल्यान सिद्धेश्वरीका ३७ बर्षका भोलाराम बोहोरा घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
गोठादी सुनवल कच्चि सडक अन्र्तरगत सुनवलबाट माथागढी चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरकोे खाली टिप्पर दुर्घटनामा परेको हो ।

टिप्पर सडकदेखी अन्दाजी १ सय मिटर तल खसेको छ ।उक्त सवारी दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस