रामनवमी पर्वमा पाल्पाकाे स्थानीय तहमा सार्वजनिक विदा !

रामनवमी पर्वमा पाल्पाकाे स्थानीय तहमा सार्वजनिक विदा !

सुशीला रेग्मी
रामपुर (पाल्पा), ७ वैशाख

रामनवमी पर्वको अवसरमा वैशाख ८ गते बुधवार पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । वैशाख ६ गते बसेको रामपुर नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिका भित्रका सबै सरकारी संघ संस्था, सामुदायिक, बित्तिय, शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरिएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभएको छ ।
रामपुर भगवान् रामचन्द्रको नामसंग जोडिएको हुदा पनि रामघाट, रामचुलो राम मन्दिर, राम्चे, सीताकुण्ड लगायतका विभिन्न स्थानमा रामनवमी पर्वका अवसरमा बिशेष पुजाआजा गरिने भएको हुदा नगरपालिकाले विदा दिएको हो ।
यसैगरी निस्दी गाउँपालिकाको वैशाख ५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार बुधवार सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । रामनवमीको दिन गाउँपालिका मातहतका कार्यालय शैक्षिक संस्था तथा अन्य सरकारी तथा गैरसरकारी संघसंस्था एवं वित्तीय संस्थाहरु बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस