माथागढी कपको उपाधि झडेवालाई

माथागढी कपको उपाधि झडेवालाई


सुमन गाहा

पाल्पा बैशाख ६


माथागढी गाउँपालिकाले आयोजना गरेको माथागढी कपको उपाधि झडेवाले जितेको छ । पुरुष र महिलातर्फ दुबैको उपाधि झडेवाले जितेको हो । पुरुषतर्फ फाइनलमा झडेवाको आनन्दनगर स्पोर्टस क्लबले कसेनीलाई सोझो सेटमा हराएको हो । आनन्दनगरले २५–२१ र २५–१६को सेटमा कसेनीलाई पराजित गरेको हो ।

आनन्नगरले झडेवालाई र कसेनीले रहवासलाई हराएर फाइनलप्रवेश गरेको थियो ।
महिला तर्फ आनन्दनगर स्पोर्टस क्लबले कसेनीलाई सोझो सेटमा पराजित गर्दै माथागढी कपको उपाधि जितेको छ । आनन्दनगरले २५–२० र २७–२५ को सेटमा पछि पारेको हो । आनन्दनगरले झडेवालाइ र कसेनीले रुप्सेलाई पछि पार्दै फाइनल प्रवेश गरेका थिए । महिलातर्फ तेस्रोका लागि भएको खेलमा झडेवाले रुप्सेलाई सोझो सेटमा पराजित गरेकोछ । झडेवाले २५–१९र२५–९को सेटमा पराजित गरेको हो। पुरुषतर्फ

पहिलो हुनेले ७० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।
महिलातर्फ पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । उनीहरुलाई माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, लगायतले खेलाडीलाई पुरस्कार प्रदान गरे।
विद्यागत पुरुष तर्फ उत्कृष्ट सर्भर कसेनीका यमनसिंह आले,उत्कृष्ट डिफेन्सर आनन्दनगरका झपेन्द राना,उत्कृष्ट सटर कसेनीका घनश्याम आले,उत्कृष्ट स्पाइकर तर्फ आनन्दनगरका
रोशनगाहा, उत्कृष्ट व्लकर झडेवाकै शंकर चौहान, सर्वोत्कृष्ट खेलाडी आनन्दनगरका नेत्र कामु भएका छन् । महिलातर्फ विद्यागत उत्कृष्ट सर्भर झडेवाकी शान्ति सिंजाली, उत्कृष्ट डिफेन्सर कसेनीकी देवी सारु गाहा, उत्कृष्ट सटर आनन्दनगरकी अनिता सिंजाली, उत्कृष्ट

स्पाइकर तर्फ कसेनीकी मुना मिधुन, उत्कृष्ट व्लकर कसेनीकै शारदा घर्तिमगर, सर्वोत्कृष्ट खेलाडी आनन्दनगरकी विना चौहान भएका छन् ।पुरुष तर्फ नौ र महिला तर्फ पाँच टिमको
सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस