पाल्पामा डढे्लो नियन्त्रणमा सेनाको सक्रियता

पाल्पामा डढे्लो नियन्त्रणमा सेनाको सक्रियता


बिष्णु खनाल
पाल्पा,चैत २९
पाल्पाका बिभिन्न स्थानमा लागेको डढेलो गोरखदल गण पाल्पाले नियन्त्रणमा लिएको छ । गोरखदल गण पाल्पाले जन–उत्तरदायित्व अन्तर्गत बिपद् बिरुद्ध नागरिकलाई सहयोग गरेको हो ।गोरखदल गणका

सह–सेनानी गंगाधर ढकालको कमाण्डरले रम्भा गाउँपालिका ५ फुरुङ्गी जंगलमा लागेको डढेलो नियन्त्रणमा लिई जोखिममा रहेका २ सय २७ घरधुरीलाई जोखिममुक्त गरेको हो ।

सो ठाउँमा करिव १ कि.मी क्षेत्रफलमा फैलिएको आगो नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरुको सहभागीतामा नियन्त्रणमा लिइएको छ ।

तस्वीर सौजन्य : गोरखदल गण

त्यस्तै आईतबार पूर्वखोला गाउँपालिका ६ झिमराङ्ग वनमा लागेको डढेलो फैलिने क्रममा सोही स्थानका मोहन सूर्यबंशी र महेन्द्र काम्वोको घर तथा गोठमा आउँदै गरेको डढेलो करिव ४ सय मिटर पर नैे नियन्त्रण गरी मानवीय तथा चौपाय क्षति हुनबाट जोगाएको गोरखदल गणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस