तानसेन बहुमुखी क्याम्पस अध्यक्षमा राजन पन्त

तानसेन बहुमुखी क्याम्पस अध्यक्षमा राजन पन्त

पाल्पा, चैत २८

तानसेन बहुमुखी क्याम्पस व्यवस्थापन समितिकाे अध्यक्षमा राजन प्रसाद पन्त निर्वाचित भएका छन् । शनिबार तानसेन बहुमुखी क्याम्पस पाल्पाको दोस्रो क्याम्पस सभाबाट पन्तकाे नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएकाे हाे ।

क्याम्पसकाे सदस्यहरूमा संस्थापक/संरक्षक डा. रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानपा प्रमुख वा प्रतिनिधि (पदेन सदस्य) मुक्तिराम जि सी (वडा अध्यक्ष ), श्रीधरकुमार नेपाल (प्रा. प्र) ,मनिष मल्ल ठकुरी (बि.प्र.) ,राधेश्याम ज्ञवाली (क्या. प्र./सदस्य सचिव) निर्वाचित भएका छन् ।

दाेस्राे क्याम्पस सभाकाे उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद साेमप्रसाद पाण्डेले अहिलकाे शिक्षामा परिवर्तनकाे जरूरी रहेकाे बताए । उनले नेपालभन्दा पछाडी रहेका धेरै पछाडी रहेका देशहरूले जनतालाइ शिक्षित बनाएर दीगाे विकास गर्न सफल भएकाे बताए । क्याम्पसका संस्थापक तथा संरक्षक डा. राम प्रसाद ज्ञवालीले भने, शिक्षा प्रदेश हाे, अादेय हाेइन । हामीले क्याम्पसलाइ तथा यहाँका विद्यार्थीहरूलाइ के दिन सक्याैं भनेर साेच्ने हाे के पायाैँ भनेर हाेइन ।

दाेस्राे क्याम्पस सभामा बाेल्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक राजेश्वर उदयले तानसेन बहुमुखीलाइ अगाडी बढाउन जिल्लामा समेत नभएका अन्य विषयमा अध्यापन गराउन सक्नुपर्ने बताए । यस्तै राजेश्वर उदयले स्थापना कालमा पश्चिम नेपालमै नभएकाे शिक्षा संकायबाट विद्यार्थीहरूलाइ शैक्षिक जागरण ल्याउन सफल भएकाे बताए ।

दाेस्राे क्याम्पस सभामा क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले भावी याेजना तथा कार्यक्रम सहितकाे प्रतिवेदन प्रस्तुत गरे । साेही अवसरमा संस्थापक शालिकराम पाैडेल, पूर्व प्राध्यापक डा सच्चितानन्द पाठक, शिव कुमार मिश्र र निवर्तमान अध्यक्ष भागवत ज्ञवालीलाइ मरणाेपरान्त सम्मान गरिएकाे थियाे ।

कार्यवहाक अध्यक्ष जगजीवन गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीकाे सञ्चालनमा भएकाे थियाे ।

प्राध्यापक संघमा उपाध्याय निर्वाचित

शनिबार नै भएकाे पव्लिक क्याम्पस प्राध्यापक संघ, तानसेन बहुमुखी क्याम्पस इकाई समिति पाल्पाकाे सभापतिमा श्रीधरकुमार उपाध्यक्ष निर्वाचित भएका छन् । यस्तै,उपसभापति अरूण ज्ञवाली, सचिव शंकर भण्डारी, कोषाध्यक्ष चन्द्रकान्त न्यौपाने, सदस्यहरू पुनाराम घिमिरे, अरूण खनाल, माधव शर्मा, मित्रलाल ज्ञवाली, सुमी श्रेष्ठ, नारायणी नेपाल र कमल बस्याल निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस