पाल्पा,चैत २४
तानसेनको काजिपौवामा बोलेरो जिप दूर्घटना हुदा दुईजनाको मृत्य भएको छ । गए राती साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको बोलेरो जिप दूर्घटना हुदा चालक बगनासकाली ४ का बर्ष २० का बिजय खाम्चा र रिब्दीकोट ४ का बर्ष २७ का राज थापाको युनाइटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।