खाद्य तथा पोषण निर्देशक समितिको बैठक

खाद्य तथा पोषण निर्देशक समितिको बैठक

दिनेश घिमिरे,

पाल्पा फागुन २२

जिल्ला स्तरीय बहुक्षेत्रीय खाद्य तथा पोषण निर्देशक समितिको बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको प्रमुख मिरा मरासिनीको अध्यक्षततामा कार्यक्रम भएकाे हाे । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा कार्यक्रम सन्चालन भएको कार्यक्रममा स्वास्थ्य कार्यलय पाल्पाका निमित्त कार्यालय प्रमुख विश्वनाथ न्यौपानेले समन्वय समितिले गाउँपालिका नगरपालिकामा भएका पोषणका कार्यक्रम अनुगमन गर्ने, अन्तर स्थानीय तह तथा प्रदेशसँग आवश्यक समन्वय गर्ने बताउनुभयाे ।

गाउँपालिका नगरपालिकाको दीर्घकालीन, आवधिक तथा वार्षिक कार्यक्रममा बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको रहने जानकारी गराउनुभयो । स्वास्थ्य कार्यालयका प्रभाश पन्थिले समितिको काम,कर्तव्य र अधिकार, बहुक्षेत्रीय पोषण अवधारणा प्रस्ट पानुभएको थियो साथै स्थानीय तहभित्र कार्यान्वयन गरिएको बहुक्षेत्रीय पोषण योजनाको अनुगमन, प्रगतिको समीक्षा र उपलब्धिको मूल्याङ्कन गर्ने पनि यस समितिको रहेको जानकारी गराउनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालयका खोप अधिकृत ओमप्रकाश पन्थि, सुआहारा दोस्रो कार्यक्रमका पोषण अधिकृत बिनोद पोखरेलको पनि उपस्थित रहेको थियो । सुआहारा दोस्रो कार्यक्रमले पाल्पाका सबै स्थानिय तहमा बहुक्षेत्रीय पोषणको लागी आर्थीक तथा प्राविधिक सहित पैरवी पनि गर्ने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस