माथागढी गाँउपालिकाद्वारा ५ दिने चुरा बनाउने तालिम संञ्चालन

माथागढी गाँउपालिकाद्वारा ५ दिने चुरा बनाउने तालिम संञ्चालन

गजेन्द्र पन्थी

माथागढी ४ झडेवा पाल्पा

माथागढी गाउँपालिकाको वडा नं।५ हात्तिलुङमा मागमा आधारित ५ दिने चुरा बनाउने तालिम हिजोबाट सुरु भएको छ । तालिमको उद्धघाटन गर्दै गाउँपालिकाको उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि निर्मला भट्टराईले महिलाहरुलाई आत्मनिर्भर बनाइ आफ्नै गाउँठाउँमा उपलब्ध बस्तुहरुबाट सामाग्री बनाई आयआर्जन तर्फ अघि बढाउन मद्दत पुग्ने बताउनु भयो। उहाँले तालिमबाट सिकेका सीपले महिला दिदी बहिनीहरुलाई आयातित बस्तु कम गरी रोजगारी सृजना गर्न समेत सहघाउने बताउनु भयो ।यसै गरी प्रमुख अतिथि भट्टराईले माथागढी गाँउपालिकाले दुरदराजका वडाहरुका पिछडिएका वर्ग तथा महिलाहरुलाई बजारको माग र सम्भावनाहरुलाई मध्यनजर गरि देशमै रोजगारी होस भन्ने उद्देश्यले उद्यमशिलता तथा सिपमुलक तालिमहरु दिंदै आएको बताउनु भयो।

तालिममा ४० जना महिलाहरु सहभागी भएका छन । ग्रामिण भेगका महिलाहरुलाई लक्षित गरि आत्मर्निभर बनाउने खालका सीप मूलक तालिम लिन पाउदा आफूहरु खुसी भएको सहभागीहरुले बताउनुभयो । कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष बेल बहादुर ढेंगाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम आफ्नो वडामा ल्याउने बताउनु भयो । अध्यक्ष ढेंगाले तालिममा सिकेका सीपलाई ब्यबाहारिक रुपमा कार्यान्वन गरि मनग्य आम्दानी गर्न सहभागीहरुलाई अनुरोध गर्नु भयो ।

तालिममा प्रशिक्षक तुल्सा गैरेले सहजीकरण गर्नु भएको छ । कार्यक्रम वार्ड नं।५ का महिला समुहका सदस्य उमिसरा खाम्चाको सञ्चालन र वडा सदस्य मति सरा घर्तीको अध्यक्षता चलेको हो ।

प्रतिक्रिया दिनुहोस