रामपुर साकोसले ६४ औँ राष्ट्रिय सहकारी दिवस मनायो

रामपुर साकोसले ६४ औँ राष्ट्रिय सहकारी दिवस मनायो

सुशीला रेग्मी
रामपुर (पाल्पा), २० चैत
रामपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम गरी ‘मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी’ भन्ने नाराका साथ सहकारी दिवस मनाइएको हो । अध्यक्ष श्रेष्ठले सहकारीले गरेका गतिबिधि, सहकारी ऐन नियमबारे जानकारी गराउँदै अहिलेको अवस्थामा सहकारी संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको र रामपुर साकोस प्रदेश तह अन्र्तगत रही सेवा दिदै आएको बताउनुभएको छ । लुम्बिनी प्रदेशमा मात्रै तीन हजार सात सय ५५ वटा सहकारी रहेको र त्यसबाट छ हजार नौ सय ९९ नागरिकले रोजगार गर्ने अवसर पाएको बताउँदै अध्यक्ष श्रेष्ठले वचत मात्र नभई सामाजिक क्षेत्रमा सहकारीले काम गरिरहेको जानकारी दिनुभएको छ । संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रममा लेखा समिति संयोजक ज्ञानेन्द्रप्रसाद गैह«े, संचालक समिति सदस्य पवित्रा पौडेल ढकालले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको छ । संचालक समितिका कोषाध्यक्ष भोजराज भट्टराईले धन्यवाद दिनुभएको कार्यक्रमको संचालन व्यवस्थापक रामचन्द्र अधिकारीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस