चुरा बनाउने तालिम संञ्चालन

चुरा बनाउने तालिम संञ्चालन

पाल्पा ,चैत २०

पाल्पाको माथागढी गाँउपालिकाद्वारा महिला मागमा आधारित कार्यक्रम अन्तरगत ५ दिने चुरा बनाउने तालिम संञ्चालन भएको छ । माथागढी गाउँपालिका वडा नं.५ हात्तिलुङमा तालिम विहिबारबाट सुरु भएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाइ आयातित बस्तु कम गर्न र रोजगारी सृजना गर्ने उदेश्यले तालिम संञ्चालन गरेको माथागढी गाँउपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो।माथागढी गाँउपालिकाका उपाध्यक्ष भट्टराईले पछिल्लो समयमा माथागढी गाँउपालिकाले दुरदराजका वडाहरुका पिछडिएका वर्ग तथा महिलाहरुलाई माग र बजारको सम्भावनालाई मध्ये नजर गरि देशमै रोजगारी होस भन्ने उद्देश्यले उधमशिलता तथा सिपमुलक तालिमहरु दिदै आएको बताउनुभयो ।उक्त चुरा बनाउने तालिममा ४० जना महिला सहभागी भएका छन ।

नागरिकलाई आत्मर्निभर बनाउने खालका सीप तालिम ल्याउदा आफुहरु खुसी भएको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम चलाउनमा वडा कार्यालयले सहयोग गर्ने गाउँपालिका वडा नम्बर ५ का वडा बेल ब.ढेगाले बताउनुभयो ।तालिममा प्रशिक्षक तुल्सा गैरेले सहजीकरण गर्नुभएको थियो। वडा नं.५ का वडा सदस्य मति सरा घर्तीको अध्यक्षता, महिला समुहका सदस्य उमिसरा खाम्चाले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस