पाल्पा, चैत १९
आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेड साखा कार्यालय बलकोट अर्घाखाँचीले सदस्यको मृत्यु पस्चात उपलब्ध गराउने राहत रकम बितरण गरेको छ । संस्थामा आवद्ध सदस्य जुठी कुमालको मृत्यु पश्चात् उनका श्रीमान टेकराज कुमाललाई एक लाख पचास हजार रकम हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण गर्दै छत्रदेब गाउपालिका १ का कार्यबाहक वडा अध्यक्ष भरत गिरिले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै सस्थाले सदस्यहरूलाई व्यावसायिक, उधमसिल र आत्मनिर्भर बन्ने कार्यमा महत्त्वपूर्ण सहयोग गरेको बताए । कार्यक्रममा साखा प्रमुख नारायण दगाँसेले लघुबित्तबाट लिएको कर्जालाई सहि तरिकाले सदुपयोग गरि सदस्यहरुलाई आत्मनिर्भर बन्ने बाटोमा लाग्न आग्रह गरे । कार्यक्रम उपस्थित समाजसेवी ,संस्थाका सदस्य लगायतले संस्थाले प्रशंसनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे ।