भैरवस्थानमा फागु महाेत्सव सम्पन्न

भैरवस्थानमा फागु महाेत्सव सम्पन्न

रिब्दीकाेट गाउँपालिकाकाे भैरवस्थानमा फागु महाेत्सव सम्पन्न भएकाे छ । चैत १० गते देखि १७ गते सम्म साँस्कृतिक महाेत्सव सम्पन्न गरिएकाे हाे ।

रिब्दिकोट गाउँपालिकामा सञ्चालन भएको एेतिहासिक फागु, सोरठी, भजन, लाखे नाच, पञ्चेबाजा सहित झ्याकी र्याली सहित फागु पर्व मनाइएकाे हाे । रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले पछिल्लो समयमा परम्परागत रूपमा मनाइने चाडपर्व परम्परागत, कला सस्कृति प्रचार प्रसारको अभावले गर्दा लोप हुने अवस्था पुगेकोले कला सस्कृति जीवित राख्नको लागि महाेत्सव गरिएकाे बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले गाउँपालिकामा मनाइने चाड पर्वमा,फागु नाच,असारे गित तिज गीत लाखे नाच,सोरठी पञ्चेबाजा लगाएतकाे संरक्षणमा महाेत्सवले टेवा पुर्याएकाे बताइन् । भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारी रिब्दिकोटको फागु नाच लाखे नाचको छुट्टै पहिचान रहेको बताउदै यसलाई संरक्षण र प्रचार प्रसारमा आफुहरू लागि रहेको बताएका थिए ।

चैत १० गते सरसफाइ कार्यक्रमबाट शुरू भएको उक्त महोत्सव रक्तदान, सेन बशिय इतिहास सम्बन्धि अन्तरकृया, भलिबल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, चिर पोल्ने कार्यक्रम फागु उत्सव गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस