अवैध काठ बाेकेकाे ट्याक्टर सहित ४ पक्राउ

अवैध काठ बाेकेकाे ट्याक्टर सहित ४ पक्राउ

पाल्पा, चैत १५

अवैध काठ ओसारपाेसार गरिरहेकाे अवस्थामा डिभिजन वन कार्यालय पाल्पाले चार जनालाइ पक्राउ गरेकाे छ । शनिबार राती वगनाशकाली गाउँपालिकाबाट तानसेनतर्फ ल्याउँदै गरेकाे काठ बरामद गरिएकाे हाे ।

रातिकाे समयमा काठ बाेकेर हिँडेकाे ट्याक्टर समातिँदै

तानसेन सव डिभिजन वन कार्यालयका प्रमुख मदन सापकाेटाले अवैध काठ तस्करि गरिरहेकाे सूचनाका आधारमा चार व्यक्तिलाइ पक्राउ गरिएकाे बताए । उनिहरूबाट लगभग चिरान ४३ थान, तयारि झ्याल २ र ढाेका फ्रेम बरामद गरिएकाे छ । उनिहरूलाइ प्रहरिकाे गस्ति टाेलिकाे सहयाेगमा पक्राउ गरिएकाे छ । पक्राउ परेका चारै जनालाइ हिरासतमा राखेर कानूनी प्रक्रिया अगाडि बढाइएकाे छ ।

पक्राउ पर्नेहरूमा उनीहरू वन ऐन अनुसार कारवाहीकाे प्रक्रिया अगाडि बढाइएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस