माथागढीमा आगो निभाउने क्रममा एककाे मृत्यु

माथागढीमा आगो निभाउने क्रममा एककाे मृत्यु

पाल्पा, चैत १४

माथागढी गाउँपालिका ४, खापुकमा आगो निभाउने क्रममा एक व्यक्तिकाे जलेर मृत्यु भएकाे छ । वनमा लागेकाे आगो निभाउने क्रममा जलेर ६४ वर्षीय मान बहादुर सिंजालीकाे मृत्यु भएकाे माथागढी गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले बताए ।

शनिबार दिउँसाे दाङसिंगा सामुदायिक वनमा आगो लागेपछि निभाउने क्रममा सिंजालीकाे मृत्यु भएकाे हाे। वडा अध्यक्ष समेत रहेका प्रवक्ता पराजुलीले आफ्नाे बारीमा आगो सल्किएपछि निभाउँदै वनमा पुगेका सिंजालीकाे मृत्यु भएकाे बताए ।

प्रतिक्रिया दिनुहोस