जनगणनाका लागि पाल्पामा ४ सय ८६ जना खटिँदै

जनगणनाका लागि पाल्पामा ४ सय ८६ जना खटिँदै

पाल्पा, चैत १४

जनगणना सचेतना गोष्ठी पाल्पाकाे तानसेनमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला जनगणना कार्यालयका जनगणना अधिकारी श्री भविश्वर घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए। घिमिरेले प्रस्तुत गरेको कार्यपत्रमा जनगणनाको ईतिहास, कानूनी व्यवस्था, आवश्यकता र औचित्व, जनगणना गर्नुको उदेश्य, उपयोगका क्षेत्रहरु, जनगणनाले दिने विवरण र सूचकहरुको वारेमा वृहत विषय समावेश गरिएको थियो ।जम्मा ३ प्रकारका प्रश्नावली प्रयोग गरिने यस जनगणनामा खालि घरको पनि गणना गरिने छ । मुलत जनसांख्यिक, शैक्षिक, सामाजिक, आर्थिक, स्वास्थ्य सम्वन्धी विवरणहरु मुख्य प्रश्नावलिमा समावेश गरिएको छ भने सामुदायिक प्रश्नावली सवै वडा कार्यालयहरुबाट सुपरिवेक्षले भर्ने छन् ।
राष्ट्रिय जनगणना २०७८ नेपालको जनगणनाको इतिहासमा बाह्रौं र संघीय गणतान्त्रिक नेपालको पहिलो जनगणना पनि हो। यस जनगणनामा पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण फाराम २०७८ साल बैशाख २६ देखि जेष्ठ १४ सम्म २० दिन र मुख्य प्रश्नावली फाराम २०७८ साल जेष्ठ २५ देखि २०७८ आषाढ ८ सम्म १५ दिन भरिने र दोस्रो चरणमा सुपरिवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावली मार्फत वडास्तरको आधारभूत स्रोत, साधन, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरणहरू संकलन गर्ने विषयमा जनगणना अधिकारीले स्पस्ट पारेका थिए ।
जनगणना भन्नाले मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्ने प्रक्रिया हो। विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूहका समग्रमा हामी कति छौं रु कहाँ छौ रु र कुन अवस्थामा छौ रु भन्ने थाहा पाउनु पनि हो भने प्राप्त विवरणहरुका आधारमा नै राज्यले आम नागरिकहरुको हितका लागि अब के गर्नुपर्छरु कहिले गर्नुपर्छरु र कसरी गर्नुपर्छरु कहाँ गर्नुपर्दछरु भन्ने आधार सँग जनगणनालाई जोडिएको थियो । जनसंख्या व्यवस्थापनका लागि आवश्यक आवधिक जनसांख्यिक तथ्याङ्क उपलब्ध गराउने, जनसंख्याको प्रवृत्ति र विशेषताहरू स्वरुप र ढाँचाको बारेमा जानकारी गराउने, लोककल्याणको लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न जनसांख्यिक तथ्याङ्क तथा सूचक उपलब्ध गराउने र दिगो विकास लक्ष्यका लागि आवश्यक पर्ने सूचकहरु उपलव्ध गराउनु यस जनगणनाको उदेश्य रहेको देखिन्छ ।

संघीय संरचनामा पहिलो जनगणना, पूर्णगणना, कानून जारी राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६, सामुदायिक प्रश्नावलीको प्रयोग, सम्पुर्ण घरको प्रयोजन सहितको गणना, प्रविधीको प्रयोग, स्थानीय तह र वडा अनुसार नतिजा प्रकाशन, ९ महिना भित्र तथ्यांकीय प्रतिवेदन सार्वजनिक, संघ, प्रदेश, स्थानीय तह, नीजि तथा गैरसरकारी क्षेत्र वीच समन्वय, सहकार्य र सहयोगको प्रावधानहरु यस जनगणनाका मुख्य नयाँ विशेषताहरु हुन् । दर्ता नगरिएका तथा तलवी कामदार नभएका स साना घरेलु व्यावसाय तथा घर परिवारका आम्दानी हुने र नहुने सवै आर्थिक क्रियाकलापलाई समेटिएको जानकारी घिमिरेले गराएका थिए। जनगणनामा वसाईसराई र विदेश अनुपस्थितलाई पनि निकै महत्वका साथमा समावेश गरिएको छ भने कारण र समयको कुराहरु पनि समावेश छन् ।

२०७७ चैत्र १ गते ४ महिनाको कार्य जिम्मेवारी सहित जिल्ला जनगणना कार्यालय पाल्पाको स्थापना भएको हो । जिल्ला जनगणना कार्यालय र अन्य ४ वटा स्थानीय जनगणना कार्यालय रहने व्यवस्था अन्तर्गत वैशाख १ देखि रामपुर र निस्दी हेर्ने गरि रामपुरमा १, पूर्वखोला, रम्भा र माथागढी हेर्ने गरि ताँहुमा १, तानसेन, तिनाउ र वगनासकाली हेर्ने गरि तानसेनमा १ र रिव्दिकोट र रैनादेवी हेर्ने गरि अमलावासमा १ स्थानीय जनगणना कार्यालय रहने छन् । कुल ३९२ गणक र ९४ सुपरिवेक्षकहरु पाल्पाका १० वटै स्थानिय तहमा परिचालन हुनेछन् । सुपरिवेक्षकको २ महिना र गणकको १ महिनाको नियुक्ति हुने जिल्ला जनगणना कार्यालय ले जनाएको छ । पाल्पा रेडक्रसका सभापति वुद्दि प्रसाद शर्मा, तिनाउ गापाका अध्यक्ष ओम घर्ति मगर र तानसेन न पा कि उपमेयर लक्ष्मी देवि पाठकले स्थानीय तहबाट जनगणनालाई पूर्ण सहयोग र सहजिकरण रहने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस