रामपुरमा चौथो ईस्लामपुर कप क्रिकेट प्रतियोगिता सुरु

रामपुरमा चौथो ईस्लामपुर कप क्रिकेट प्रतियोगिता सुरु

सुशीला रेग्मी
रामपुर (पाल्पा), १२ चैत
पाल्पाको रामपुर नगरपालिकामा चौथो ईस्लामपुर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । ईस्लामिक सक्रिय युुुवा समाजको आयोजनामा रामतुलसी माविको खेलमैदानमा प्रतियोगिता संचालन गरिएको छ । युवा समाजका अध्यक्ष ल्याकत अलिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अमिन शेखले गर्नुभएको हो । प्रतियोगिताको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै कार्यक्रम सफलताको कामना गर्नुभयो ।
प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, रुपन्देही, अर्घखाँची, गुल्मी जिल्लाका पन्ध्र समुहको सहभागीता रहेको प्रचार प्रसार समितिका संयोजक रहिम मियाँले बताउनुभयो । बिहिवार उद्घाटनको दिन रामपुर नगरपालिका वडा नं ३ रजघरा र स्याङ्गजाको चापाकोट क्रिकेट क्लव विच खेल भएको खेलमा रजघरालाई चापाकोटले एक सय ५० रनको फराकिलो अंकले पराजित गरेको छ । प्रतियोगिताका विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस क्लवले खेलकुदका अलवा सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस