रिब्दिकाेटमा तीन दिने योग प्रशिक्षण कार्यक्रम सम्पन्न

रिब्दिकाेटमा तीन दिने योग प्रशिक्षण कार्यक्रम सम्पन्न

योग प्रशिक्षण कार्यक्रम रिब्दीकोट गाँउपालिकामा सम्पन्न भएकाे छ । रिब्दीकोट गाँउपालिका, पालुङ्गमैनादी आयुर्वेद औषधालयको आयोजनामा १० गते देखि १२ गते सम्म सन्चालन भएको थियो ।

कार्यक्रममा पालुङ्गमैनादी आयुर्वेद औषधालयका प्रमुख डा रोमहर्ष नेपाल, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक श्री माधव प्रसाद वस्याल तथा योग प्रशिक्षक कमला थापाले सहभागीहरुलाइ रिब्दीकोट गाँउपालिकाको सभाहलमा प्रशिक्षण दिनुभएको थियाे । उक्त कार्यक्रममा रिब्दीकोट गाँउपालिकाका विभिन्न वडाका सहभागीहरुले योगको सैदान्तिक ज्ञान साथै प्रशिक्षक सङ्गै प्रयोगात्मक योग अभ्यास गर्नु भएको थियो।

रिब्दीकोट गाँउपालिकाका अध्यक्ष नारायण बहादुर जि सिको अध्यक्षतामा उद्घाटन भएको उक्त कार्यक्रममा रिब्दीकोट गाँउपालिकाका उपाध्यक्ष श्री लक्ष्मी खनालको विशिष्ट आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत श्री प्रेमचन्द्र अर्याल, लेखा अधिकृत श्री मन्जु पन्थी, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक श्री माधव प्रसाद वस्याल, जि स स सदस्य एव योग प्रशिक्षक कमला थापा तथा रिब्दीकोट गाँउपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु तथा सदस्यहरुको आतित्थ्यता साथै समाजसेवी, कर्मचारी लगायतको सहभागितामा थियो ।

प्रतिक्रिया दिनुहोस