जेठ २५-असार ८ मा राष्ट्रिय जनगणना २०७८

जेठ २५-असार ८ मा राष्ट्रिय जनगणना २०७८

बुटवल, चैत ११

‘मेराे गणना मेराे सहभागिता’ भन्ने मूल अभिप्रायका साथ राष्ट्रिय जनगणना २०७८ गरिन लागिएकाे छ । २०७८ सालकाे जेठ २५ गतेदेखी असार ८ गतेसम्म गणकहरू घरदैलाेमा पुगेर राष्ट्रिय जनगणना गर्न लागिएकाे हाे ।

केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका लागि खटिने कर्मचारी व्यवस्थापन तथा कार्यालय व्यवस्थापनकाे कार्य अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । यस्तै विभागले जनगणना कार्यालयका अधिकृत, प्रशिक्षक, सुपरिवेक्षक र गणकहरूलाइ तालिम समेत प्रदान गरेकाे छ ।

लुम्बिनी प्रदेशका जिल्लाहरूका मुख्य प्रशिक्षकहरूका लागि प्रशिक्षक प्रशिक्षण तालिम

लुम्बिनी प्रदेशकाे बुटवलमा प्रदेश स्तरीय मुख्य प्रशिक्षक तालिममा लुम्बिनी प्रदेशका प्रमुख सचिव भरतमणी सुवेदीले संघीय संरचनाकाे पहिलाे जनगणनाले विकासकाे आधारस्तम्भकाे सूचना प्रदान गर्ने बताए । उनी भन्छन्, एकात्मक शासन व्यवस्थापनमा परम्परागत रूपमा गरिँदै आएकाे जनगणनाका तथ्याङ्कहरू हुन्थ्ये अहिले विस्तृत तथ्याङ्कहरू समेटिएका छन् ।’ संघीय संरचना लागु भैसकेपछि पहिलाे पटक हुन लागेकाे जनगणना सर्वे हाेइन, याे गणना हाे उनले जाेड दिए । सामाजिक, सांस्कृतिक, धार्मिक जस्ता सूचकहरूसँगै कृषि गणनाका लागि यस जनगणनामा आधार तयार हुन्छ प्रमुख सचिव सुवेदीले भने

लुम्बिनी प्रदेशका प्रदेश जनगणना अधिकारी पूर्ण बहादुर घर्तीमगरले नेपालमा ८० जिल्ला जनगणना कार्यालय, ३ सय ४९ स्थानीय जनगणना कार्यालय र ७ प्रादेशिक जनगणना कार्यालयहरू स्थापना गरेर जनगणनाका लागि तयारी तिव्र पारिएकाे बताए । यसैबिच लुम्बिनी प्रदेशका जिल्लाहरूका मुख्य प्रशिक्षकहरूका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम लुम्बिनी प्रदेश मुकाम बुटवलमा सञ्चालन गरिएकाे प्रदेश जनगणना अधिकारी मगरले बताए । देशभर ४० हजार बढी गणकहरू जनताकाे प्रत्येक घरधूरीमा पुगेर जनगणना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस