रोटरी क्लवले बनायाे प्रवासमा सार्वजानिक शौचालय

रोटरी क्लवले बनायाे प्रवासमा सार्वजानिक शौचालय

रोटरी क्लव अफ पाल्पा लुम्बिनीले तानसेन नगरपालिका वडा नं ७, प्रभास पाल्पामा सार्वजानिक शौचालयको निर्माण गरेको छ । शौचालयको रोटरी क्लवका डिस्ट्रिक गर्भनर रो.राजिब पोखरेल तथा तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा निर्माण समितिका संयोजक रो. प्रदिप खनालले स्वागत मन्तव्य गर्दै यस ठाउँमा सार्वजानिक शौचालयको आवश्यकताको अवधारणालाई यस क्लबले आफ्नो कार्ययोजनामा राखी निर्माण गरेको जानकारी गराउनुभयो । कार्यक्रममा क्लबका आइ.पि.पि.रो.सन्तोष लाल श्रेष्ठले क्लबले सामाजिक उत्तरदयित्वलाई मध्यनजर गरि सामाजिक क्षेत्रमा काम गर्नका लागि तानसेन नगरपालिका,वडा नं ७ तथा स्थानिय तहबाट यस क्लबका अवधारणा अनुसार काम गर्न सहयोग पू¥याई कार्य सम्पादन भएकोमा सम्पुर्ण सहयोगि मनहरुलाई धन्यवाद दिदै यस किसिमका संरचनाको संरक्षकमा पनि सबैको उत्तिकै महत्व रहेको करामा जोड दिनुभयो ।

तानसेन नगरपालिका वडा नं ७ का वाड अध्यक्ष मुक्तिराम जि.सि ले यस ता.न.पा. ७ मा निर्मित सार्वजानिक शौचालयबाट धेरैलाई उपयोगि हुने र क्लबले आफ्नो वाडमा सामाजिक कार्यका लागि समन्यय गरि कार्य गरेकोमा प्रशंसा गर्नुभयो । विशिष्ट अतिथिको रुपमा रहेका तानसेन नगर पालिकाका प्रमुख अशोक कुमार शाहिले क्लबले निर्माण गरेको यो सार्वजानिक शौचालय तानसेन नगरपालिकामा अपाङमैत्री शौचालय पहिलो रहेको, यो धेरैलाई उपयोगि हुने र तानसेन नगरपालिकाले यस्ताा सामाजिक काममा क्लब संग हातेमालो गरि जाने कुरामा जोड सहित शुभकामाना ब्याक्त गर्नुभयो । रोटरी क्लबका डिष्ट्रिक गर्भनर तथा प्रमुख अतिथि रो. राजिब पोखरेलले क्लबले सहरायिन कार्य गरेको र आगामी दिनमा पनि सामाजिक कार्यका लागि डिष्ट्रिकबाट सहयोग रहिरहने कुरा सहित शुभकामाना दिनुभयो । उहाँले रोटरी क्लब जहिले पनि काम मा पारदर्शिता अनुसार काम गर्ने कुरामा जोड दिनुभयो । डिस्ट्रिक बाट भएको सानो सहयोग तथा यस क्लवमा आवद्ध सदस्यहरु लगाएत तानसेन नगरपालिका, वडा कार्यालय लगायत सहयोगी मनहरुबाट निर्माण भएकोमा सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रमा क्लवका प्रिसिडेन्ट रो.निर्दोष खनालले स्वार्थ भन्दा माथि रहेर क्लवले समाजिक उत्तरदायित्वलाई आत्म साथ गरि सामाजिक कार्यमा निरन्तर लागिरहेको कुरामा जोड दिनु भयो । सार्वजानिक शौचालय धेरैका लागि हित हुने गरि क्लवले अवधारणा ल्याएको र यस अवधारणालाई तानसेन नगरपालिका स्थानिय वडा र सर्वसाधारणले समेत अङ्गिकार गरि निमार्णमा सहयोग पू¥याउनु हुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा रोटरी क्लबको उधेश्य अनुरुप समाजिक काममा लागि परेको क्लबका सचिव रो. खडग बहादुर जिरेलले कार्यक्रका सन्चालनमा राख्नु भयो । कार्यक्रममा क्लवका सदस्हरु तथा स्थानिय बुद्धिजिविहरुको बाक्लो उपस्थिती रहेको पब्लिक इमेजका सदस्य रो. भक्ति राम न्यौपानेले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस