रम्भाकाे हुँगी बालमैत्री स्थानीय शासन वडा घाेषणा

रम्भाकाे हुँगी बालमैत्री स्थानीय शासन वडा घाेषणा

रम्भा गाउँपालिकाकाे वडा नं. १ हुँगीलाइ बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिएकाे छ । वडा कार्यालय, हुँगीमा भएकाे कार्यक्रमका बीच बालमैत्री वडा घाेषणा गरिएकाे गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताए ।

‘रम्भा गाउंपालिकाको आफ्नै शानः बालमैत्री स्थानीय शासन हाम्रो अभियान’ अभियान अन्तर्गत वडा नं. १ लाइ बालमैत्री घाेषणा गरिएकाे हाे । हुँगीलाइ बालमैत्री वडा घाेषणा गर्दै सांसद दलबहादुर रानाले गाउँपालिकाकाे हरेक विकास निर्माण तथा अभियान बालबालिका लक्षित गरेर सञ्चालन हुने बताए । साेही अवसरमा लुुम्विनी प्रदेससभा सदस्य नारायणप्रसाद आचार्यले स्थानीय सरकारले जनताकाे भावना बुझेर काम गर्दै अगाडी बढेकाे बताए ।

बालमैत्री स्थानीय शासनका सूचकहरुको आधारमा वडालाइ बालअधिकार सुनिश्चितताकाे प्रयास गरिएकाे वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । राष्ट्रिय सूचक ३९ वटा भएपनि ४१ वटा सूचक पूरा भएको रेग्मीले बताए । रम्भा गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले गाउँपालिकालाई बालमैत्री बनाउन वडास्तरीय सरोकारवालाहरुको भेलाबाट बालमैत्री वडा घाेषणा गरिएकाे र सबै वडा घाेषणा पछि गाउँपालिका बालमैत्री बन्ने बताए । यसअघि रम्भाकै वडा नम्बर २ फोक्सिङकोट जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन लागु भएको वडा घोषणा भएकाे छ । यससँगै रम्भा गाउँपालिकाको वडा नम्बर १ हुँगी पाल्पा जिल्लाकै दोस्रो बालमैत्री वडा भएको छ ।

प्रतिक्रिया दिनुहोस