पाणिनी गाउँपालिकाद्वारा पोखराथोकमा सार्वजनिक सुनुवाई

पाणिनी गाउँपालिकाद्वारा पोखराथोकमा सार्वजनिक सुनुवाई

अर्घाखाँची, चैत ५

पाणिनी गाउँपालिकाका अर्घाखाँचीले दाेस्राे सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. २ पाेखराथाेकमा सम्पन्न गरेकाे छ । गाउँपालिकाबाट वडा कार्यालय मार्फत् विनियाेजित रकम सञ्चालित याेजनाका सम्बन्धमा सार्वजनिक सुनुवाइ गरिएकाे हाे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले वडामा भएका हरेक योजनाको बारेमा जनताले जानकारी लिन पाउने र सूचना माग्ने अधिकार भएकाे बताउँदै वडामा विनियोजन भएको बजेटको काम पारदर्शी भएकाे बताउनुभयाे । कार्यक्रममा पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले गतवर्ष भन्दा यस वर्ष गाउँपालिकामा भएका योजनाहरुको काम तिव्र रुपले अगाडी बढेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले कार्यपत्र पस्तुत गर्दै ३५.४७ प्रतिशत वित्त प्रगती रहेको बताउँनुभयो । उहाँले वडा नं. २ पोखराथोकमा ४२ योजनाको सम्झौता रहेको र भुक्तानी पक्रियामा रहेका २१ योजना रहेको बताउँनुभयो । उहाँले गाउँपालिका भित्र कुनै पनि सेवाग्राहीलाई झन्झटिलो नहुनेगरी योजना सम्पन्न भई कार्यालयमा कागजपत्र पेश भएको ७ दिनमा भुक्तानी दिने बताउँनुभयो ।

कार्यक्रममा स्थानिय उपभोक्ता समिती तथा सरोकारवालाले उठाएका प्रश्नहरुको जवाफ दिदै गाउँपालिकाका इन्जिनीयर मोहराज पौडेल, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल, कृषि शाखा नायव प्राविधिक सहायक दधिराम अधिकारीले जनताको गुनासाको जवाफ दिनुभएको थियो ।

No description available.

कार्यक्रममा वडा अध्यक्ष नेत्रप्रसाद भट्टराईले वडामा भएका हरेक गतिविधीको निगरानी राख्न जनतालाई आग्रह गर्नुभयो । कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रका प्रतिनिधी तथा कार्यक्रम सहजकर्ता मुक्ती न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा स्थानिय चन्द्रकान्त पौडेल, वडा सचिव गोविन्द विक लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेको अध्यक्षता, सहजीकरण संस्था लुम्बिनी सामाजिक विकास केन्द्रका प्रशासनिक प्रमुख घनश्याम पौडेलको सञ्चालन र गाउँपालिकाका शिक्षा शाखा प्रमुख तेजबहादुर खनालले विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । पाणिनी गाउँपालिकाको आयोजना र लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस