एकै दिन चार तालिमको सुरुवात

एकै दिन चार तालिमको सुरुवात

पाल्पा, चैत ५


पाल्पाको बगनासकाली गाउँपालिकामा एकै पटक ,एकै दिन चार वटा तालिमको सुरुवात गरिएको छ । गरिव तथा विपन्न वर्ग एकल महिला , कोभिड १९ का कारणले रोजगारी गुमाएका युवाहरुलाई लक्षित तालिमको जिल्ला समन्वय समितीको कार्यवहाक अध्यक्ष मिरा मरासिनीले उद्घाटन गर्नुभयो ।
मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत विपन्न तथा बैदेशिक रोजगारीबाट युवाका लागि मिनी टिलर मर्मत एकल तथा विपन्न वर्ग महिलाहरुका लागि सीप मुलक ढाकाका ब्याग र ढाकाबाट विभिन्न सामाग्रीको निर्माण, गरिव तथा विपन्न वर्ग र विदेश बाट फर्किएका युवाहरुको प्रति लक्षित गर्दै,कपाल काट्ने तालिम तथा परम्परागत रुपमा आरन व्यवसाय संचालन गरेकाहरुका लागि प्रविधि हस्तान्तरण तालिमको एकै दिन सुरुवात गरिएको हो ।
तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिको कार्यवाहक अध्यक्ष मिरा मरासिनीले स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा ४० जना महिला,पुरुषको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस