रम्भामा भलिवल प्रतियाेगिता सम्पन्न

रम्भामा भलिवल प्रतियाेगिता सम्पन्न

पाल्पा, चैत १

रम्भा गाउँपालिका स्तरीय भलिवल प्रतियाेगिता सम्पन्न भएकाे छ । प्रतियेागितामा रम्भा गाउँपालिका वडा नं. २, फाेक्सिङकाेट प्रथम, वडा नं. ३ पिपलडाँडा दाेस्राे र वडा नं. ५ ताहुँ तेस्राे भए ।

गाउँपालिकाकाे ५ वटा वार्डका २, २ समूह गरि १० टिमकाे सहभागिता रहेकाे थियाे ।विजयी समूहलाइ नगद, प्रमाणपत्र र सिल्डद्दारा पुरस्कृत गरिएकाे थियाे । खेल राष्टि्य रेफ्रि अनन्न श्रेष्ठले खेलाएका थिए । पुरस्कार हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले अहिलेकाे सरकारले युवापुस्तालाइ याेग, ध्यान र व्यायामसँगै सिर्जनात्मक कार्यमा प्राेत्साहन गरेकाे बताए ।

युवा सञ्जाल रम्भाकाे संयाेजनमा भएकाे प्रतियाेगितामा प्रथम हुनेलाइ नगद ३० हजार, दाेस्राेलाइ नगद २० हजार र तेस्राे हुनेलाइ नगद १० हजार रूपैयाँ प्रदान गरिएकाे सञ्जालका अध्यक्ष अाशिष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस