बाबुरामको टिप्पणी : अदालतको कृपाले अलिअलि लाज बचेको बेला फेरि दलहरू म्युजीकल चेयर खेल्न थाले

बाबुरामको टिप्पणी : अदालतको कृपाले अलिअलि लाज बचेको बेला फेरि दलहरू म्युजीकल चेयर खेल्न थाले

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू म्युजीकल चेयर खेलमा लागेको टिप्पणी गरेका छन् । 

उनले बिहीवार एक ट्वीट गर्दै देश गम्भीर संकटमा फसेको बेला दल र नेताहरूको भूमिका अपेक्षित स्तरको हुन नसकेको बताए । 

उनले भनेका छन्, ‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो त ।’

उनले आफ्नो पार्टी जसमा त्यो मुसादौडमा नरहेको समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस