साहित्यकार नीलकण्ठ न्यौपानेको “मातृ वियोग” शोक काव्य

साहित्यकार  नीलकण्ठ न्यौपानेको “मातृ वियोग” शोक काव्य

पाल्पा, फागुन २७

सहित्यकार नीलकण्ठ न्यौपानेको “मातृ वियोग” शोक काव्य लाेकार्पण गरिएकाे छ । माता गाथादेवी न्यौपानेको वार्षिकीको अवसरमा कृती पूर्बखाेला स्थित घरमा लाेकार्पण गरिएकाे हाे ।

लुम्बिनी प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार झपेन्द्र जीसीले कृती लोकार्पण गर्नुभएकाे हाे । जीसीले गुरूले रचना गरेका साहित्यिक कृतिहरु विश्वविद्यालयका पाठ्यक्रममा राख्न योग्य भएको बताउँनुभयाे । प्रदेश सांसद नारायणप्रसाद आचार्यले स्वार्थमा लाग्नेले गुरूबाट शिक्षा लिनुपर्ने बताउनुभयाे ।

कृतिकाे समीक्षा :डा.शंकर गैरेले गर्नुभएकाे थियाे । कार्यक्रममा उपप्राध्यापक एवं साहित्यकार टंक पन्थ,धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल,पत्रकार सेनानी मेघराज शर्मा लगायतले धारणा राख्नुभएकाे थियाे । कार्यक्रमको अध्यक्षता जीवनाथ न्यौपाने र सुशील न्यौपानेकाे संचालनमा कार्यक्रम संपन्न् भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस