पुष्कर रेग्मीकाे ‘अमरपात्र’ र ‘अर्पण’काे विमाेचन

पुष्कर रेग्मीकाे ‘अमरपात्र’ र ‘अर्पण’काे विमाेचन

साहित्यकार पुष्कर अथक रेग्मीकाे कृतिहरू अमर पात्र र अर्पण विमाेचन गरिएकाे छ । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खीलराज रेग्मीबाट सेराेफेराेन्यूज डटकमका सहसम्पादक समेत रहेका रेग्मीका कृतिहरू नेपाल प्रज्ञा प्रतिष्ठानमा विमाेचन गरिएकाे हाे ।

कृतिकाे विमाेचन गर्दै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले नाटक सङग्रहणीय र पाल्पाकाे इतिहास बाेकेकाे कृति भएकाे बताए । उनी भन्छन्, साहित्य समाजकाे तस्वीर हाे । पाल्पा साहित्य समाज र पाल्पाली संगलमे उदाहरीय कार्य गर्दै अाएकाे छ । पाल्पाली समाजका अध्यक्ष पदम न्याैपानेले पाल्पाली संगमकाे साहित्य विभागले उल्लेखनीय कार्य गरेकाे बताए ।

साेही अवसरमा साहित्यकार प्राध्यापक गाेपीकृष्ण शर्मा र साहित्यकार प्रकाश प्रधानाङ्गलाइ सम्मान समेत गरिएकाे थियाे । विमाेचित कृति अमरपात्र पाल्पाका मणिमुकुन्द सेन, कर्णेल उजिरसिंह थापा, काजी अमरसिँह थापा र राजा पृथ्वीपाल सेनकालीन अवस्थाकाे नाटक संग्रहित छ । अर्पणमा भने साहित्यकार शुभ श्रेष्ठकाे जीवनी रहेकाे छ ।

कार्यक्रममा डा. प्रकाशराज रेग्मी, सर्जुमान लिगल, गाेपिकृष्ण शर्मा, विनाेद नेपाल लगायतले सम्बाेधन गर्दै कृतिकारलाइ बधाइ तथा शुभकामना व्यक्त गरे । कृतिका लेखक पुष्कर रेग्मीले पाल्पाकाे जीवन्त इतिहासलाइ अमरपात्रमा उतार्ने प्रयास गरेकाे बताए ।

पत्रकार जीवन भण्डारीले पाल्पा र यस क्षेत्रकाे इतिहासलाइ सार्थकता प्रदान गर्न कृति सफल बन्ने विश्वास व्यक्त गरे । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गाेपाल सिंहले पाल्पाकाे साहित्यलाइ प्रचारप्रसारमा ल्याउने तथा पुराना साहित्यकारहरूलाइ समाजले सम्झँदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस