प्रकाश नेपाल
पाल्पा, २१ फागुन
लुम्बिनी प्रदेशको खानेपानी योजनाहरु मध्य ठुलो एंव प्रदेश सरकारको गौरवको योजनाको लुम्विनी प्रदेशको भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले अनुगमन गरेका छन् ।
झण्डै १५ करोडको लागतमा १हजार ३ सय २६ घर परिवारका करिव ६ हजार जनतालाइ सफा स्वच्छ खानेपानी उपलब्ध गराउने योजनाको उदेश्य रहेको कालीगण्डकी बगनासकाली बृहत खानेपानी योजनाको अनुगमन गरेका हुन ।
यम्घाको दर्पुकबाट बगनासकाली गाउपालिकको वडा न. १, २,३, ५, ६, ९ वडाका जनतालाइ प्रत्यक्ष रुपमा लाभान्वित हुने भएको यस परियोजनाको प्रगति सन्तोषजनक भएको र योजना सम्पन्न गर्न , योजनालाई दियोपना दिनका लागि प्रदेश सरकारले प्रदेश सरकारले प्रदेश सरकार बाट बजेटमा कन्जुसाई नगर्ने मन्त्री चौधरीले बताए ।
लुम्बिनी सबै भन्दा ठुलो खाने पानी योजना भएको र यस योजनालाई प्रदेश सरकारको नमुना योजना बनाउने मन्त्री चौधरीले बताए।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको प्रत्यक्ष निगरानी तथा प्राविधिक रेखदेखमा योजना सम्पन्न गरिने डिभिजन प्रमुख शिव कुमार श्रेष्ठले बताए ।
२०७६ साल असार देखि सुरु भएको योजना ०७९ सालको असार मसान्तमा सम्पन्न गरिने यस योजनामा २ लाख लिटर क्षमतको १वटा १लाख लिटर क्षमताको २ वटा ५० हजार लिटर क्षमताको ३ वटा , ३५ लाख लिटर क्षमताको १ वटा , २५ हजार लिटर क्षमताको ३ वटा, १५ हजार लिटर क्षमताको ४ वटा १०हजार लिटर क्षमताको ३ वटा , टङ्की सहित ४ वटा पम्पघर १ वटा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए ।
३ वटा स्टेजमा बिद्युतिय पम्पको माध्यमबाट लिफ्टिङ गरिने यस योजनमा २७ कि.मी मुख्य पाइप लाइन , २२ कि.मी वितरण पाइप लाईन रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सुचना अधिकारी विधान अर्यालले बताए ।