आयुर्वेदिक महत्वको गौमूत्र : वैज्ञानिक दृष्टिमा के–के छन् फाइदा ?

आयुर्वेदिक महत्वको गौमूत्र : वैज्ञानिक दृष्टिमा के–के छन् फाइदा ?

✍️डा. हेमराज कोइराला
*************************************************
हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । संसारको सबैभन्दा प्राचीन धर्मले एउटा सामान्य पशुलाई आमाको स्थान दिनु र यसको मल एवं मूत्रलाई परमपवित्र मान्नु सामान्य नभएर विशेष रहस्यको विषय हो । अझ आयुर्वेदमा त गौमूत्रलाई अति महत्वपूर्ण औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ ।

पाँचहजार साल पुरानो मानिने आयुर्वेदिकग्रन्थ सुश्रुत संहिताको सूत्रस्थानको ४५औ अध्यायमा गौमूत्रको अनेकौं औषधीय गुणको वर्णन गरिएको छ । यसैगरी ३५ सय वर्ष पुरानो महर्षि बागभट्टद्वारा लिखित अष्टाङ्गहृदय संहितामा समेत गाईलाई प्रकृतिको अनुपम उपहार भनिएको छ । अष्टाङ्गहृदय संहितामा गौमुत्र एक्लैले मात्र वात र कफ जस्ता व्याधिलाई ठीक गर्छ भनिएको छ भने अन्य औषधिहरूको साथमा प्रयोग गर्दा पित्तव्याधिलाई पनि निको पार्ने तथ्य पेश गरिएको छ ।

के छ गौमूत्रमा ?

गौमुत्र धेरैवटा औषधिहरूले मिलेर बनेको जैविक घोल हो । यो एउटा यस्तो जैविक द्रव्य हो जसमा हालसम्म २१ वटा धातुहरू लगायत अन्य महत्वपूर्ण जैविक रसायनहरू पाइएको छ । गौमूत्रमा पाइने धातुहरू निम्नलिखित छन ।

नाइट्रोजन– नाइट्रोजनलाई रगत शुद्घ गर्ने ग्यासको रुपमा बुझिएको छ । मात्रा ठीक भएमा यसले रगतमा भएकोें विषाक्त तत्वहरूलाई निकाल्ने कार्य गर्छ । तर मात्रा धेरै भएमा नाइट्रेटले हेमोग्लोविनसँग प्रतिक्रिया गरी अक्सिजन बहन क्षमता र थाइराइड ग्रन्थीको कार्यक्षमता कम गरिदिन्छ । गौमुत्रमा हाम्रो शरीरलाई चाहिने जति मात्रामा मात्र नाइट्रोजन पाइन्छ । नाइट्रोजनले मूत्रमार्गलाई उत्तेजित गर्नुका साथै मृगौलालाई सक्रिय बनाएर पिसाव लगाउने कार्य पनि गर्दछ । नाईट्रोजनको अर्को रूप नाईट्रिक अक्साइडले मांशपेसीलाई शिथिल राख्नुका साथै मुटु तथा रक्तनली, स्नायु, प्रतिरक्षा र नशा—हड्डीलाई स्वस्थ राख्न अहम् भूमिका खेल्छ ।

सल्फर—सल्फरले कार्टिलेज र हड्डीहरूको निर्माण, ईन्सुलिनको उत्पादन, कोषका विषाक्त तत्वहरूको निस्काशन, रक्तनलीमा लचकता, छालामा निखार, कृमीनाश आदि कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले ठूलो आन्द्रामा मलको प्रवाहलाई पनि चालु राख्न मद्दत गर्दछ ।

अमोनिया– अमोनियाले पित्त, कफ र वायुलाई ब्यालेन्स गराई राख्नुका साथै रक्त निर्माण कार्यलाई पनि चालु राख्दछ ।

कपर/तामा– तामाले मष्तिस्कलाई सक्रिय बनाउनुको साथै प्रतिरक्षा प्रणालीलाई प्रोत्साहित गर्ने माइलिनसिथलाई सुरक्षित गर्नुका साथै जोर्नीको दुखाइका समस्याहरूमा राहत पु¥याउने काम गर्छ । तामाले अनावश्यक रूपमा जमेर बसेको बोसोलाई समेत घटाउन मद्दत पुर्‍याउँछ । यसका अलावा यो धातुले बुढ्यौलीलाई रोकथाम गर्नुका साथै लौह तत्वको अवशोषणलाई बढाउने, राता रक्तकोष बन्ने क्रियालाई सघाउने, आँखा, केश र छालाको वर्णलाई बरकरार राख्ने जस्ता कार्यहरू पनि गर्छ ।

आइरन/फलाम– फलाम राता रक्तकोष बन्न चाहिने धातु हो । यो धातुले हेमोग्लोबिनको रक्तमात्रा नियन्त्रण गर्नुका साथै शरीरको तापक्रम नियन्त्रित गर्ने, मष्तिस्कको विकासमा सहयोग पु¥याउने, मांशपेशीहरूको स्वास्थ्य बरकरार राख्ने, एनिमिया ठीक गर्ने, रेस्टलेस लेग सिन्ड्रोम ठीक गर्ने, निन्द्रालगाउन मद्दत गर्ने, धेरै प्रोटिनहरूमा को फ्याक्टरको रूपमा कार्यगर्ने जस्ता कार्य गर्दछ ।

यूरिया– युरिया कीटनाशक रसायन हो । यूरियाले छालाको आद्रतालाई बचाइराख्नुका साथै छालामा भएका मृतकोषहरूलाई हटाउन मद्दत गर्दछ । यसले रगतमा भएका अनावश्यक तत्वहरूलाई बाहिर निकाल्न, पिसाव बन्ने कार्यलाई सघाउने र मृगौलालाई स्वस्थ राख्ने पनि गर्दछ ।

युरिक एसिड– रगतमा युरिक एसिड बढ्दा गौटबाथ रोग लाग्ने तथ्य धेरैलाई थाह छ । तर युरिक एसिडले स्वास्थ्यमा पुर्‍याउने फाइदाका बारेमा हामी धेरैजना अनभिज्ञ नै छांै । युरिक एसिडले एउटा बलबान एण्टिअक्सिडेन्ट हो । यसले मुटु तथा रक्तनलीका रोग, क्यान्सर एवं निम्न रक्तचापलाई ठीक गर्न मद्दत गर्दछ ।

फास्फेट– फास्फेट मुख्य रूपमा हड्डीको घटक द्रव्य हो । यसले हड्डी बलियो बनाउनु, पिसावलगाएर रक्तशुद्घि गर्नुका साथै मुत्रमार्गबाट पत्थरी पैदा गर्ने तत्वहरू हटाएर मृगौलालाई मजबुत बनाउँछ । फस्फेट राम्रो ब्लड बफर पनिहो । यसले मष्तिस्कको कार्यलाई पनि जारी राख्न मद्दत गर्दछ

सोडियम– सोडियम स्नायु र मांशपेशीको क्रियालाई जारी राख्न चाहिने तत्व हो । शरीरमा तरल पदार्थको मात्रा नियन्त्रण गर्न रगतको आयतन नियन्त्रण गर्ने, लगायतका अन्य महत्वपूर्ण जैविक क्रियाको लागि सोडियम आवश्यक हुन्छ । सोडियम राम्रो रक्तशोधक र अम्लनासक (एण्टासिड) हो ।

पोटेसियम– पोटासियमले स्नायु र मांशपेशीको क्रियालाई जारी राख्ने हड्डीहरूको कमजोरी कम गर्ने भोक लगाउने शारीरिक कमजोरी र थकानमाथि विजय प्राप्त गर्न मद्दत गर्छ ।

म्यागनीज– म्यागनीजले हानिकारक कीटाणुहरूको वृद्धिलाई राक्ने र चोट पटकबाट हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पु¥याउदछ । यसकाअलावायसले ब्लड सुगर नियन्त्रण गर्ने, थाइराईड ग्रन्थीको कार्य क्षमतालाई बरकरार राख्ने, पाचन र उपपाचन क्रियालाई नियन्त्रित गर्ने प्रिमिन्टुअल सिन्ड्रोम, अस्टियोपिनीयाफ्री–रेडिकल ईन्जुरी कम गर्नुका साथै, ढाडको हड्डीमा मिनिरलहरूको स्तरलाई बरकरार राख्दछ ।

कार्बोलिक एसिड– यो एउटा कीटनाशक तत्वहो । यसले किटाणुहरूको बृद्घि र बर्धन रोक्छ । यसको ५५ सोलुसनले छालाको चिलचिलाहट नासगर्ने, र १५ सोलुसनमुख शुद्घिमा प्रयोग गर्ने गरिएको छ ।

क्याल्सियम– क्याल्सियम हाम्रो शरीरमा सबैभन्दा धेरै चाहिने तत्व हो । यस तत्वले हड्डीहरू मजबुत बनाउने, रक्त शुद्ध बनाउने, रगतजम्न मद्दत गर्ने, दाँतलाई मजबुत बनाउने आदि कार्य गर्दछ ।

नुन– यसले रगतको अम्लीयपनलाई नाश गर्नुका साथै कीटाणुहरूलाई समेत समाप्त गर्छ ।

भिटामिन – ए, बी, सी, डी, ई सबै भिटामिनहरू मिलेर जीवनीशक्तिलाई बढाउँछ । भिटामिन शरीरमा धेरै कार्यहरू छन् ।

लेक्टोज– लेक्टोजले मांशपेशी एवं हृदयलाई मजबुती प्रदान गर्छ । यसले प्यास कम गर्नुका साथै खाँदा सन्तुष्टि दिने र स्नायु शिथिलतालाई कम गर्दछ ।

ईन्जाइम्स – गौमुत्रमा पाइने विभिन्न ईन्जाईम्सहरूले पाचनक्रियामा सहायता पु¥याउनुका साथै विभिन्न तत्वहरू बन्न मद्दत गर्ने र जीवनीशक्तिलाई बढाउने कार्य गर्दछ ।

पानी– पानीले शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रण गर्न सहयोग पु¥याउँछ । यसले उपापचयी क्रियापश्चात जम्मा भएको अतिरिक्त युरिया, युरिक एसिड, क्रियाटिनिन जस्ता विषाक्ततत्वहरु, सोडियम, पोटासियम, क्यल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाईटहरूलाई निष्कासन गर्न मद्दत गर्छ ।

यसका अलावा छालाको सौन्दर्यलाई जीवन्त राख्ने माशंपेशी तथा स्नायुकोषहरूको कार्यक्षमतालाई जारी राख्ने कोषहरुमा हुने अक्सिडेटिभ स्ट्रेस निवारण गर्न सहयोग गर्ने लगायत पाचन, अवशोषण र मल निष्कासनमा ठूलो भूमिका खेल्छ । हाइप्युरिक एसिड– यो अम्लले मूत्रमार्गबाट हानिकारक तत्वहरूलाई हटाउँछ ।

क्रियेटिनाइन– क्रियेटिनाइनको नियन्त्रित मात्राले हानिकारक कीटाणुहरूलाई मार्न सहयोग गर्छ ।

अउरम हाइड्रोक्साइड – यो यौगिक एन्टीबायोटिक तथा एन्टीटक्सिक भएकाले धरै हानिकारक कीटाणुहरूलाई नष्टगर्ने एवं जीवनीशक्तिलाई समेत बढाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस