रामपुरका पत्रकार रेग्मी र राना सम्मानित

रामपुरका पत्रकार रेग्मी र राना सम्मानित

सुशीला रेग्मी
रामपुर (पाल्पा), १९ फागुन
लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध पाल्पा रामपुरका दुई पत्रकार सम्मानित हुनुभएको छ । कालिका आधारभुत विद्यालय रामपुर नगरपालिका वडा नं ४ देविस्थान पाल्पाको विद्यालय स्थापनाको ३३ औ वार्षिकोत्सव तथा ३३ औ अभिभावक दिवसको अवसरमा पत्रकार सुशीला रेग्मी र इमान सिं रानालाई सम्मान गरिएको छ ।

पत्रकार द्धय रेग्मी र रानाले पत्रकारिताको माध्यमबाट विद्यालयमा पु¥याएको योगदानको कदर गर्दै सम्मान पत्र र पाल्पाली करुवाले सम्मान गरिएको हो । राष्ट्रिय समाचार समिति (रासस) तथा सेराेफेराेन्यूज डटकम, सामुदायिक रेडियो रामपुर लगायत विभिन्न छापा तथा अनलाइन संचार माध्यममा कार्यरत पत्रकार रेग्मीले बिगत एक दशक देखि पत्रकारिता गर्दै आउनुभएको छ । त्यस्तै एभिन्युज टेलिभिजन, रेडियो पाल्पा लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकार राना बिगत सात वर्षदेखि पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्छ ।
रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराम ठाडा, प्रधानाध्यापक सोमबहादुर सेन, शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर क्षेत्री, शिक्षक रामबहादुर राना लगायतले पत्रकार द्धय रेग्मी र रानालाई सम्मान गर्नुभएको हो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले सम्मानित पत्रकार रेग्मी र रानालाई बधाई दिदै पत्रकारिताको माध्यमबाट पत्रकारले कलम चलाएर समाज रुपान्तरणमा ठुलो भूमिका खेल्ने बताउनुभयो ।

कालिका आधारभुत विद्यालयको ३३ औँ वार्षिकोत्सव मनायो

कालिका आधारभुत विद्यालय रामपुर नगरपालिका वडा नं ४ देविस्थान पाल्पाले विद्यालय स्थापनाको ३३ औ वार्षिकोत्सब तथा ३३ औ अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराम ठाडाको अध्यक्षतामा बुधवार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, वार्षिक प्रतिवेदन प्रस्तुत तथा सम्मान सहित विविध कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न भएको छ ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक सोमबहादुर सेनले प्रस्तुत गर्दै विद्यालयले गरेका गतिबिधिबारे जानकारी गराउनुभयाे ।
वार्षिकोत्सवका अवसरमा समाजसेवी भोटे क्षेत्रीबाट ५७ जना गरिव, जेहेन्दार, विपन्न विद्यार्थीलाई स्कुल पोशाक वितरण गरिएको छ । त्यसैगरी विद्यालयमा स्थापना भएको ४७ वटा अक्षयकोषबाट कक्षा बालविकास देखि ८ सम्म अध्ययनरत एक सय २९ विद्यार्थीलाई टिफिन बक्स, कापी कलम अक्षयकोषदाताले वितरण गर्नुभएको छ । जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले स्थापना गरेको झोला अक्षयकोषबाट दश जना गरिव, जेहेन्दार, विपन्न विद्यार्थीलाई स्कुल झोला वितरण गरिएको छ । वैदेशिक रोजगारमा रहनुभएका महल क्षेत्रीले ५१ हजार बराबरको रकम आमा भोटे क्षेत्रीमार्फत विद्यालयका अध्यक्ष वसन्तराम ठाडा, प्रधानाध्यापक सोमबहादुर सेन, शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर क्षेत्रीलाई अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस