रम्भा गाउँपालिकाले किसानलाइ प्राेत्साहन गर्दै

रम्भा गाउँपालिकाले किसानलाइ प्राेत्साहन गर्दै

गाउँपालिकाद्वारा ६१ वटा हाते ट्रयाक्टर वितरण

रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका कृषि समूहलाइ ६१ वटा हाते ट्रयाक्टर वितरण गरेकाे छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ९० प्रतिशत बढी कृषक समूह छनाैट गरि ट्याक्टर वितरण गरेकाे गाउँपालिकाका प्रवक्ता कृष्ण रेग्मीले बताए ।

बुधवार गाउँपालिकाकाे वडा नं. १, २ र ३ मा ट्रयाक्टर वितरण गरिएकाे छ । गाउँपालिका प्रवक्ता रेग्मीले कृषिलाइ प्राेत्साहन गर्दै अाइरहेकाे रम्भा गाउँपालिकाले अनुदान माग गर्ने कृषि फर्महरुलाई सहजिकरण समेत गरेकाे बताए । अहिले गाईभैसीको ५ वा सोभन्दा बढी पाल्नेलाई २ लाख, लोकल कुखुरा १ सय वा सोभन्दा बढी पाल्नेलाई, ५० हजार, अण्डा दिने १ सय भन्दा बढी पाल्नेलाई ४० हजार, बंगुर १० वा सोभन्दा बढी पाल्नेलाइ १ लाख, बाख्रा वयस्क ५० वा सोभन्दा बढी पाल्नेलाइ १ लाख रूपैयाँ गाउँपालिकाले उपलब्ध गराउने प्रवक्ता रेग्मीले बताए ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारी तरकारी उत्पादन, अदूवा खेती, बंगुर पालन, बाख्रापालन अन्तर्गतका कार्यक्रम सञ्चालन भैरहेको रम्भामा गाउँपालिकाले काेभिड १९ महामारीमा राेजगार गुमाएर फर्केका युवाहरूलाइ समेत ध्यान दिएर कार्यक्रम निर्माण गर्दै अाएकाे छ ।

गाउँपालिकाले कार्यविधि बनाएर हाते ट्याक्टर चलाउँदा बढीमा घण्टाकाे ७ सय रुपैयाँ लिन सकिने गरि व्यवस्थापन गरेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस