माथागढी गाँउपालिकाले समुदाय स्तरमा कोभिड विरुद्धको खोप संचालन गर्दै

माथागढी गाँउपालिकाले समुदाय स्तरमा कोभिड विरुद्धको खोप संचालन गर्दै

पाल्पा फागुन १९

माथागढी गाँउपालिकाले समुदायस्तरमा फागुन २३ गते देखि कोभिडविरुद्धको खोप सञ्चालन गर्ने भएको छ।माथागढी गाँउपालिकाका आफ्नो आठ वटै वडाका नागरिकलाई मध्यनजर गर्दै खोप सन्चालन गर्ने गरि तयारी थालेको गाँउपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो ।माथागढी गाँउपालिकाले फागुन २३ देखि आठ वटैमा खोप सुरु गरिने भएकोले प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको बताउदै गाँउपालिकाका अध्यक्ष थापालेले समुदायको नजिकका सस्थामा गएर सहज र विश्वसनीय सेवाप्रदान गर्न आग्रह गर्नुभयो ।५५ बर्ष उमेर माथिका नागरिकहरू, क्याम्पस/विधालयका शिक्षक तथा कर्मचारीहरू, सार्वजनिक यातायातका सवारी साधन संचालन गर्ने सवारी चालक, सहचालक तथा सहयोगीहरू, यस अघि पहिले र दोस्रो चरणमा खोप लगाउन छुटेका लक्षित वर्गहरूलाई लक्षित गरि खोप चलाइने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो। फागुन २३ देखि २७ गतेसम्म गाँउपालिकाका तोकिएका आठ वटै स्वास्थ्य चौकीमा खोप कार्यक्रम चलाइने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो ।

वडा नम्बर १ लाई चिदीपानी स्वास्थ्य चौकी, वडा नम्बर २ लाई रूप्से स्वास्थ्य चौकी, वडा नम्बर ३ लाई कसेनी स्वास्थ्य चौकी, वडा नम्बर ४ लाई झडेवा स्वास्थ्य चौकी, वडा नम्बर ५लाई हात्तिलुङ्ग स्वास्थ्य ईकाइ,वडा नम्बर ६ लाई गोठादी स्वास्थ्य चौकी,वडा नम्बर ७ लाई रहबास स्वास्थ्य चौकी र वडा नम्बर ८ लाई बहादुरपुर स्वास्थ्य चौकीमा सम्बन्धित क्षेत्रका नागरिकलाई पायक पर्ने गरि गाँउपालिकाले कोभिड खोप केन्द्र तोकेर खोप लगाउने तयारी गरेको माथागढी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जि.सिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस