झडेवाका कृषि समूहलाई बीउ तथा कृषि सामग्री वितरण

झडेवाका कृषि समूहलाई  बीउ तथा कृषि सामग्री वितरण

गजेन्द्र पन्थी

झडेवा, पाल्पा

माथागढी गाउँपालिकाकाे आर्थिक सहयोग र माथागढी वार्ड न-४, झडेवाको समन्वयमा ‘एक गाउँ एक उत्पादन कार्यक्रम’अन्तर्गत वडा नं.-४, झडेवाका कृषि समूहलाई  खुर्सानी खेती तालिम तथा बीउ लगायत अन्य आवश्यक सामग्री वितरण गरिएकाे छ।

 कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले हरेक वडामा आबद्ध रहेका कृषक समूहहरूलाई आयआर्जनमा बृद्धि गराउने उद्धेश्यले  गाउँपालिकाले कृषिको क्षेत्रमा व्यापक अनुदानको कार्यक्रमलाई अघि बढाएको जानकारी दिनुभयो।   पाेहाेर साल माथागढी गाउँपालिका वडा नं.- ४, झडेवाका कृषकहरुले गाउँपालिकाको सहयोगमा खुर्सानी उत्पादन बाट  ६० लाख भन्दा बढि नगद आम्दानी  गरेकाे जानकारी  अध्यक्ष थापाले गराउनु भयाे । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कृषि क्षेत्रमा हामी प्रशस्त लगानी गरेका छौं  र लगानी  अनुसार कृषकहरूले श्रम गरेमा गाउँपालिकाका कृषकहरुले आम्दानीको स्रोत बढाउन सक्ने बताउनु भयाे। कार्यक्रममा झडेवाका कृषक समूहका सदस्यहरुले खुर्सानीका बीउसँगै अन्य आवश्यक सामग्री प्राप्त गरेकाले आफुहरु खुशी  भएकाे बताएका छन् ।  कार्यक्रममा सहभागी कृषकहरुले यस बर्ष पनि खुर्सानी लगाएरै अघिल्लो वर्षमा भन्दा अझ बढि आम्दानी गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस