पाल्पामा मगर दिवस मनाइयाे

पाल्पामा मगर दिवस मनाइयाे

माया बस्याल

माथागढी गाउँपालिका स्तरीय ३९ अाैं मगर दिवस / मगरी खाना महाेत्सव कसेनी सराइमा सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि माननीय लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले कार्यक्रममा बाेल्दै सबै मगरहरु एकजुट भएर अाफ्नाे संस्कार संस्कृतिकाे जगेर्ना गर्नुपर्ने कुरामा जाेड दिदै ३९ अाैं मगर दिवसको अवसरमा सबैलाई शुभकामना दिनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले ३९ अाैं मगर दिवसको अवसरमा शुभकामना दिदै सबै मगरहरु एकजुट भएर अगाडि बढ्नु पर्ने शिक्षा स्वास्थ्यकाे क्षेत्रमा तथा राेजगारीकाे क्षेत्रमा पनि अगाडि बढी प्रतिनिधित्व बढाउनु पर्ने कुरामा जाेड दिनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि तथा माथागढी गाउँपालिका उपाध्यक्ष महिलाहरुकाे प्रतिनिधित्व पनि कमि भएको , बालविवाह , बहुविवाह राेकिनु पर्ने प्रतिनिधित्वको क्षेत्रमा अगाडि बढ्नु पर्ने कुरामा जाेड दिनु भएको थियो , सुचनाकाे पहुँचमा बस्नु पर्ने हुदाहुदै पनि माेबाइल फाेनकाे बढ्दाे विकृतिले समाजमा नकारात्मक संस्कार फैलिएको मा यस्तो राेक्न पनि अाग्रह गर्नु भएको थियो । कार्यक्रमका अवसरमा माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले नेपाल मगर संघकाे स्थापना दिवसका अवसरमा गरिएको कार्यक्रमकाे पूर्ण सफलताको शुभकामना दिनु भएको छ ।

नेपाल मगर संघ अध्यक्ष तेज घर्ती मगरले कार्यक्रमका अवसरमा बाेल्दै मगर समुदायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा कालान्तर देखि नै २०३८ सालबाटै समिति गठन तथा परिचालन गरेको थियो । २०३९ सालमा देशभरि संगठन गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्था तेतिबेला नै नेपाल मगर संघ भनेर गठन भएको थियो सुरुमा नेपाल लाङ्गाली संघ हुदै अाज अाएर परिमार्जन भई नेपाल संघ भनी गठन भएको हाे । नेपाल मगर संघ अन्याेलमा रहेको हुदा अब सबै संगठित भएर अगाडि बढ्नु पर्ने कुरामा जाेड दिदै सबैमा समानताकाे खाचो रहेको कुरा बताउनु भएको थियो । महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष प्रतीक्षा गाहा सिंजाली , समाजसेवी खेमान सिं राना लगाएतले शुभकामना दिनु भएको थियो ।

घाटु नाच, काैडा नाच साथै मगरी खानाका बिशेष परिकार चुकाउनु , सेलरोटी , बटुक भुजुरी अचार माछा फ्राइ चटनि जस्ता विभिन्न परिकार काे व्यवस्था तथा मगर समुदायका विशेष लाेपउन्मुख सामग्री प्रर्दशन गरिएको थियो । कार्यक्रम राेसनी चिदि, लालुमाया घर्तीमगरको सञ्चालन तथा कार्यक्रम अध्यक्ष लाेकेन्द्र थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस