हिराको औंठी हराएको धेरै बर्षमा एउटा गाजरले लगाएको भेटिएपछि…

हिराको औंठी हराएको धेरै बर्षमा एउटा गाजरले लगाएको भेटिएपछि…

धेरै वर्षअगाडि हराएको एउटा मूल्यवान औंठी एउटा गाजरले लगाएको भेटिएपछि औंठी मालिक चकित परेकी छिन् । १६ वर्ष पहिला म्यारी ग्राम्सले क्यानाडाको अल्बर्टामा आफ्नो बगैंचामा हीराको औंठी हराएका थिए । यो सन् २००४ को कुरा हो र अहिले मेरीको उमेर ८४ वर्ष छ।

क्यानाडा डेलीमा छापिएको समाचारअनुसार, यति धेरै समय बितेपछि उक्त औंठी फेला पर्ने आशा समाप्त नै भइसकेको थियो । तर, केही समय अगाडि उनले उक्त औंठी आफ्नै बगैंचामा एउटा गाजरसँगै फेला पारिन् ।

मेरीले औंठी हराएको कुरा अहिलेसम्म लुकाएरै राखेकी थिइन् । हराएको घटनाका बारेमा मेरी आफ्ना पतिसम्मलाई पनि बताएकी थिइनन् । तर, उनका छोरालाई यसबारेमा थाहा थियो ।

मेरीकी बुहारीले बगैंचामा गाजर उखल्दा उक्त रहस्यबाट पर्दा हट्न पुग्यो । वर्षौंसम्म माटोमा रहेको औंठी बुहारीलाई गाजरमा फसे’को अवस्थामा भेटियो । त्यसरी निकै अघि हराएको औंठी भित्र पछि लगाएको गाँजर उम्रिएको थियो ।

मेरीले औंठी हराएको घटना लुका-उन बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औंठी किनेकी थिइन् । कुनै बेला आफ्नी सासु बस्ने गरेको उक्त फार्ममा बस्न आएकी मेरीकी बुहारी कालिन डेलीलाई गाजर खान मन लागेपछि उनले उक्त गाजर उखेलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस