रामपुरकाे नगर सभाबाट तीन विधेयक, एक नियमावली पारित

रामपुरकाे नगर सभाबाट तीन विधेयक, एक नियमावली पारित

–सुशीला रेग्मी
रामपुर (पाल्पा), १४ फागुन

रामपुर नगरपालिकाको आठौँ नगर सभाले तीन विधेयक र एक नियमावली पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७÷०७८ को योजना संशोधन प्रस्ताव सहित स्वास्थ्य तथा सरसफाई विधेयक २०७७, भवन निर्माण विधेयक २०७७, प्राकृतिक स्रोत तथा वातावण संरक्षण विधेयक २०७७ पारित गरेको छ भने खरिद नियमावली २०७७ सर्वसम्मत रुपमा पारित भएको छ ।
नगर सभाले मर्मत तथा निर्माणतर्फ ९६ वटा, खानेपानी तर्फ २१, संघसंस्था तर्फ २५, वन तर्फ तीन, खेलकुदतर्फ चार, शिक्षातर्फ एक, स्वास्थ्यतर्फ तीन, अन्यमा १५ वटा नगरस्तरिय योजना संशोधन गरेको छ ।
वडास्तरिय योजनामध्ये वडा नं १, २, ४, ५ र ७ मा दुई÷दुई वटा, ३ मा आठ, ६ मा चार, वडा नं ८ मा तीन, ९ मा पाँच र वडा नं १० मा छ वटा योजना संशोधन भएको छ ।
पूर्वाधार विकास समितिका संयोजक हिमाल मल्लले भवन निर्माण विधेयक २०७७, सामाजिक विकास समितिका संयोजक एकबहादुर नेपाली र सदस्य मिनबहादुर सिङ्जालीले स्वास्थ्य तथ सरसफाई विधेयक २०७७, विपद् व्यवस्थापन समितिका संयोजक ताराबहादुर थापा र सदस्य हुमनाथ न्यौपानेले पेश गर्नुभयो ।
लेखा समितिका संयोजक लिलाबहादुर गाहाले प्राकृतिक स्रोत तथा वातावरण संरक्षण विधेयक २२०७७ खरिद नियमावली नगर सभामा पेश गर्नु भएको छ । नगर सभामा उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले योजना संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको छ ।
नगर प्रमुख रमणबहादुर थापाले नगर सभाबाट आएका सुझावलाई समावेश गरेर ऐन तथा नियमावली जारी गर्ने बताउँदै रामपुर नगरलाई नमुना नगरका रुपका विकास गर्ने अभियानमा लागेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले रामपुर नगरमा विकासको सम्भावना धेरै रहेको बताउँदै वडा तथा नगरको आवश्यकता पहिचान गरी काम गर्ने बताउनुभयो ।
नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सुचना अधिकारी रामहरी पाण्डेयले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस